खोटाङ : खोटाङमा एक बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।
१० वर्षीया बालिकालाई माघ ५ गते जबरजस्ती करणी गरेको आरोपमा जिल्लाको दिक्तेल–रुपाकोट–मझुवागढी नगरपालिका १०, पाथेकाका १७ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको हो ।
किशोरलाई अस्थायी प्रहरी चौकी तालखर्कका प्रहरीले माघ ६ गत पक्राउ गरी आइतबार पाँच दिनको म्याद थप गरी अनुसन्धान बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।












Discussion about this post