सुनसरी र झापामा खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् ।
झापा गाउँपालिका ५ बस्ने ३५ बर्षीय राजेश गणेशको खोलाले बगाएर मृत्यु भएको छ । मलामी गएको बेला बिरीङ खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका राजेशलाई खोजी गर्ने क्रममा ३ किलोमोटर तल खोलाको छेउमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
यसै गरी सुनसरीको धरान १३ मा रहेको सर्दु खोला तर्ने क्रममा अन्दाजी ६५ बर्षीय रामबहादुर बस्नेतको खोलाले बगाएर मृत्यु भएको छ । खोलाले बगाएर बेपत्ता भएका बस्नेतलाइ खोजी गर्ने क्रममा आज ५ किलोमोटर तल खोलाको छेउमा उनको शव फेला परेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
यस्तै, झापा भद्रपुर ३ बस्ने ३३ बर्षीय हिरण राईलाई खोलाले बगाउँदा उनी बेपत्ता भएका छन् । मेची खोलामा नुहाउँने क्रममा राईलाई खोलाले बगाएर उनी बेपत्ता भएका हुन् ।
यसैगरी सुनसरी बराहक्षेत्र ६ बोराबान कोशी किनारामा दाउरा खोज्ने गएका बराहक्षेत्र ७ देबीघाट बस्ने १३ बर्षीय अनिल बस्नेतलाई खोलाले बगाउँदा उनी बेपत्ता भएका छन् । बेपत्ताहरुको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।
















Discussion about this post