तरहरा : नेपाल रेडक्रस सोसाइटी हाँसपोसा उपशाखाको साधारणसभा तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार इटहरी २० तरहरास्थित सगरमाथा खेल मैदानमा भएको साधारणसभा तथा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
जिल्ला समन्वय समिति सुनसरीका सभापति राजन मेहताको प्रमुख आतिथ्यतामा सम्पन्न भएको साधारणसभामा सचिव र कोषाध्यक्षले वार्षिक प्रतिवेदन पढेका थिए ।
कार्यक्रममा रेडक्रस सुनसरीका उपमन्त्री कृष्णप्रसाद भट्टराईले रेडक्रसलाई आम मानिसको आकर्षण बनाउनुपर्ने बताए । उनले पछिल्लो समय रगतको अभाव भइरहेको बेला रेडक्रसले मानवीय कार्यमा सहयोग गर्नुपर्नेसमेत बताए ।
यसैगरी रक्तदान कार्यक्रममा ३० पिन्ट रगत संकलन भएको छ ।
सभापति सुमन दाहालका अनुसार धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको सहकार्यमा भएको रक्तदान कार्यक्रममा सो संख्यामा रगत संकलन भएको हो ।














Discussion about this post