प्रहरीले धरानबाट ब्राउन सुगरसहित तीनजना युवाहरुलाई पक्राउ गरेको छ ।
शंकास्पद अवस्थामा हिडिरहेको अवस्थामा धरान १८ शिवमार्गका २६ बर्षीय प्रवल राईलाई प्रहरीले चेकजाँच गरेको थियो । त्यसक्रममा उनको साथबाट १५० मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ ।
उनलाई प्रारम्भिक सोधपुछ गर्दा वडा नं ८ का २४ बर्षीय सविन रानामगरको माध्यमबाट खरीद गरेको खुलेको थियो ।
त्यसपछि प्रहरीले सविनलाई पनि पक्राउ गरेर थप सोधपुछ गर्दा सोही वडा ८ का ३७ बर्षीय सुमेन मोक्तानसँग खरिद गरेको खुलेको थियो ।
पक्राउ परेका तीनै जनालाई आज सुनसरी जिल्ला अदालतबाट अनुसन्धान कार्यको लागि म्याद थप गरिएको धरान प्रहरीले जनाएको छ ।
















Discussion about this post