इटहरी : फुजिसान सगरमाथा बोर्डिङ स्कुलले एक कार्यक्रमको आयोजना गरी ‘फुजिसान डान्सिङ स्टार २०८०’ सम्पन्न गरेको छ ।
पाठ्यक्रमबाहेक प्रयोगात्मक र अतिरिक्त शिक्षामा जोड दिँदै आएको स्कुलले ‘फुजिसान डान्सिङ स्टार’ सम्पन्न गरेको हो ।
विद्यालयका प्रबन्ध निर्देशक राकेश श्रेष्ठकाअनुसार पाठ्यक्रमबाहेक अतिरिक्त र प्रयोगात्मक शिक्षामा जोड दिँदै आएको र हरेक वर्ष ‘फुजिसान डान्सिङ स्टार’ कार्यक्रमको आयोजनासमेत गरिदैँ आएको छ ।
उनकाअनुसार त्रिभुवन विश्वविद्यालयका प्रा. डा. गोविन्द गुरागाईँको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालयका छात्र, छात्राहरूले आफ्ना प्रतिभा देखाएका थिए ।
डान्सिङ स्टारमा सिनियरतर्फ सुम्निमा राई (कक्षा ८), आलिया श्रेष्ठ (कक्षा ६) र अक्सा श्रेष्ठ (कक्षा ५) क्रमशः प्रथम, द्वितीय र तृतीय भए ।
यसैगरी जुनियरतर्फ नाम्साङ राई (कक्षा ४), मेरिन गिरी (कक्षा ४) र नम्रता निरौला (कक्षा १) क्रमशः प्रथम, द्वितीय र तृतीय भएका थिए ।
निर्णायकहरूमा नृत्य निर्देशक पनिता तामाङ र नृत्य प्रशिक्षक अर्जुन तामाङ रहेका थिए ।
स्व. तुलायामा श्रेष्ठ, सीतादेवी श्रेष्ठ र रोशन श्रेष्ठको स्मृतिमा फुजिसान डान्सिङ स्टार आयोजना गरिदैँ आएको विद्यालयका प्रधानाध्यापक सूर्यप्रसाद चौलागाईँले बताए ।
विजयी छात्र, छात्राहरूलाई ट्रफी, प्रमाणपत्र र छात्रवृत्तिसमेत प्रदान गरिएको थियो ।

उनका अनुसार विद्यालयले स्टिम (STEAM) पद्दतिमार्फत कक्षा सञ्चालन गरिरहेको छ । नमुना विद्यालय बनाउने उदेश्यले विद्यार्थीहरूलाई प्रयोगात्मक सिकाईमा जोड दिँदै आएको विद्यालयले जनाएको छ ।














Discussion about this post