धरान : धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दक्षिण गेट तोडफोड भएको छ ।
शनिबार जेसीबी लगाएर गेट तोडफोड गरिएको हो।
दक्षिण गेट खुल्ला गर्न धरान १९ का बासिन्दाले यस अगाडि नै माग गरेका थिए। बीपी प्रतिष्ठान प्रशासनले गेट खुल्ला गर्न नमानेपछि स्थानीय बासिन्दाले भत्काउन लगाएको आशंका गरिएको छ।
गेट भत्काउन थालेपछि तत्काल घोपा प्रहरी चौकी धरानको प्रहरी टोलीले जेसीबी र चालक उद्दिम खड्कालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको सुनसरी प्रहरीले जनाएको छ ।
Discussion about this post