Sunday, May 3, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home भिजिट नेपाल

भोजपुरमा पर्यटन प्रवर्द्धनका लागि ‘मुन्दुम ट्रेल भ्रमण वर्ष’ आयोजना हुँदै

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन १७, २०८०
in भिजिट नेपाल, समाचार
0
भोजपुरमा पर्यटन प्रवर्द्धनका लागि ‘मुन्दुम ट्रेल भ्रमण वर्ष’ आयोजना हुँदै
78
SHARES
Share on FacebookShare on Twitter

भोजपुर : सरकारको एक सय पर्यटकीय गन्तव्यमा समावेश मुन्दुम ट्रेललाई चिनाउँदै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि तयारी थालिएको छ ।

पर्यटकीय क्षेत्र भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले आफ्नो पालिकामा पर्यटन प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम गर्ने योजना तयार गरेको हो ।

मुन्दुम ट्रेलको बढी भाग यसै गाउँपालिकामा पर्ने भएकाले पर्यटन प्रवर्द्धनका लागि तयारी थालिएको पालिकाका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रचुर पर्यटकीय सम्भावना भएको गाउँपालिकामा पर्यटन विकास र प्रवर्द्धनका कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौँ ।”

अध्यक्ष बस्नेतका अनुसार पालिकाले सन् २०२५ लाई मुन्दुम ट्रेल भ्रमण वर्षका रूपमा मनाउन आन्तरिक छलफल तथा तयारी सुरु गरेको छ । पालिकाले नजिक रहेका अन्य पालिका तथा सरोकारवाला निकायसँग पनि छलफल गरिरहेको उहाँले जानकारी दिनुभयो ।

सो छलफलबाट आगामी वर्षलाई भ्रमण वर्षका रूपमा मनाउने निर्णयसहित तयारी थालिएको गाउँपालिकाले जनाएको छ ।

मुन्दुम ट्रेलसँग जोडिएको स्थानीय तहहरू खोटाङको साकेला, रुपाकोट र केपिलासगढी गाउँपालिका, भोजपुरको साल्पासिलिछो गाउँपालिका, भोजपुर नगरपालिका, षडानन्द नगरपालिकासँगको समन्वयमा गाउँपालिकाले एक लाख पर्यटक भित्र्याउने योजनासहित सन् २०२५ लाई भ्रमण वर्षका रूपमा मनाउन लागेको पालिका अध्यक्ष बस्नेतले बताउनुभयो ।

छलफलमा टेम्केमैयुङ गाउँपालिका अध्यक्ष बस्नेत, उपाध्यक्ष रमा राई, साकेला गाउँपालिकामा उपाध्यक्ष बिर्शिका राई, आमचोक गाउँपालिका अध्यक्ष अशोक राई, दीपक राई, भोजपुर नगरपालिकाका प्रमुखका स्वकीय सचिव मनोज खनाल, केपिलासगढीका मुन्दुम ट्रेल क्षेत्रका वडाध्यक्षलगायत सरोकारवाला निकायका प्रतिनिधिको उपस्थितिमा भ्रमण वर्ष मनाउने निर्णय भएको छ ।

उक्त भ्रमण वर्षलाई सफल बनाउन गाउँपालिका र नगरपालिकाको सहभागितामा मूल व्यवस्थापन समितिसमेत गठन गरिएको छ ।

त्यस्तै ट्रेलको पूर्वाधार निर्माणका लागि प्रदेश र केन्द्र सरकारलाई संयुक्त प्रस्ताव पेस गर्ने निर्णय गरिएको सहभागी भोजपुर नगरपालिकाका प्रमुखका स्वकीय सचिव मनोज खनालले बताउनुभयो ।

मध्यपहाडी लोकमार्गले समेत छोएको यो गाउँपालिका पर्यटकीय हिसाबले अत्यन्तै सुन्दर र सम्भावना बोकेको स्थान हो ।

गाउँ क्षेत्रबाट पश्चिमतर्फ रहेको टेम्केडाँडा, सेल्मेडाँडा, पश्चिम उत्तरतर्फ रहेको चखेवाडाँडालगायत मलुवापोखरी, हाँसपोखरी, मैयुङडाँडा, महभिर झरना, साँवा झरना, पञ्ची झरना, तावा भन्ज्याङलगायत स्थानलाई यहाँको पर्यटकीय गन्तव्यका रूपमा लिइन्छ ।  

Tags: #पर्यटन#भिजिट नेपाल#भोजपुर#रासस
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

मोरङमा एक पुरुष मृत भेटिए
FEATURE BREAKING

खोटाङमा भीरबाट लडेर दुई जनाको घटनास्थलमै मृत्यु

by टाकुरा न्यूज । इटहरी
बैशाख १९, २०८३
0

खोटाङ : खोटाङको बराहापोखरी गाउँपालिका–५ पौवासेरामा भीरबाट लडेर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा ५२ वर्षीय बमबहादुर राई र...

नोबेल अस्पतालमा नाकको शल्यक्रिया गर्दा इटहरीका बालकले गुमाए आँखाको ज्योति
समाचार

नोवेल हस्पिटलमा शल्यक्रियापछि बिरामीको मृत्यु, अस्पताल परिसर तनावग्रस्त

by टाकुरा न्यूज । इटहरी
बैशाख १९, २०८३
0

विराटनगर : नोवेल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा एक व्यक्तिको मृत्यु भएपछि शनिबार अस्पताल परिसर तनावग्रस्त बनेको छ। मोरङको कानेपोखरी...

विराटनगरमा पत्रकारसहित २३ जनामा कोरोना पुष्टि

एक सय रुपैयाँभन्दा बढीको सामानमा भन्सार नियमले चलायमान बन्दै विराटनगरको बजार

बैशाख १९, २०८३
झापामा चालकको लापरबाहीले बढ्यो सवारी दुर्घटना

‘संसारकै सानो वनखण्ड’का रूपमा परिचित सिमसार क्षेत्र सङ्कटमा

बैशाख १९, २०८३
हर्क साम्पाङको प्रश्न : सहकारी पीडितबारे घण्टी पार्टीको एजेण्डा के हो ?

हर्क साम्पाङको टिप्पणी – ‘अब भगवानले पनि धनीपूर्जा बनाएर धर्तीमा आउनुपर्ने भयो’

बैशाख १९, २०८३
मेची भन्सार : ११ महिनामा १४ अर्ब ४३ करोड राजस्व सङ्कलन

नौ महिनामा मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

बैशाख १९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मोरङमा एक पुरुष मृत भेटिए

खोटाङमा भीरबाट लडेर दुई जनाको घटनास्थलमै मृत्यु

बैशाख १९, २०८३
नोबेल अस्पतालमा नाकको शल्यक्रिया गर्दा इटहरीका बालकले गुमाए आँखाको ज्योति

नोवेल हस्पिटलमा शल्यक्रियापछि बिरामीको मृत्यु, अस्पताल परिसर तनावग्रस्त

बैशाख १९, २०८३
विराटनगरमा पत्रकारसहित २३ जनामा कोरोना पुष्टि

एक सय रुपैयाँभन्दा बढीको सामानमा भन्सार नियमले चलायमान बन्दै विराटनगरको बजार

बैशाख १९, २०८३
झापामा चालकको लापरबाहीले बढ्यो सवारी दुर्घटना

‘संसारकै सानो वनखण्ड’का रूपमा परिचित सिमसार क्षेत्र सङ्कटमा

बैशाख १९, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1537 shares
    Share 615 Tweet 384
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    648 shares
    Share 259 Tweet 162
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    607 shares
    Share 243 Tweet 152
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    469 shares
    Share 188 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    387 shares
    Share 155 Tweet 97

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.