Wednesday, April 22, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इलाम : दुई सय वर्षअघिको इतिहास खोजी, ‘निशान पदमार्ग’ विकास गरिँदै

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन २२, २०८०
in समाचार
0
इलाम : दुई सय वर्षअघिको इतिहास खोजी, ‘निशान पदमार्ग’ विकास गरिँदै
90
SHARES
Share on FacebookShare on Twitter

फिक्कल (इलाम) : इलाममा करिव दुई सय वर्षअघिको युद्ध इतिहास खोज्न थालिएको छ ।

सुगौली सन्धिपश्चात तत्कालीन नेपाली सेनाले इलाम सदरमुकामसम्म निशान ल्याउन प्रयोग गरेको मार्ग पहिचान गरी ‘निशान पदमार्ग’को रूपमा प्रवर्द्धन र विकास गरिने भएको छ ।

इलाम सदरमुकामस्थित नेपाली सेनाको रणशार्दुल गणको पहलमा भारतको मिरिकस्थित नागरीगढीबाट करफोकको पूर्णेडाँडा, नामसालिङ हुँदै इलाम नगरपालिका–७ स्थित माईस्थान मन्दिरमा निशान ल्याउन प्रयोग भएको नेपाली भूभागको मार्ग पहिचान गरी ‘निशान पदमार्ग’का रूपमा विकास गर्न लागिएको हो ।

गणपति प्रलाद घलेको पहलमा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवसहित सुरक्षा निकायका प्रमुख, पदमार्गले छुने पालिका इलाम र सूर्योदय नगरपालिका तथा माईजोगमाई गाउँपालिकाका प्रमुखहरूको बैठकले त्यस्तो निर्णय गरेको हो ।

“सम्बन्धित स्थानीय तहहरूको पहलमा जनप्रतिनिधि र स्थानीय बासिन्दासँगको समन्वयमा निशान ल्याउँदा प्रयोग भएको मार्गलाई निशान पदमार्गका रूपमा विकास गर्न आ–आफ्नो क्षेत्रभित्र पर्ने इलाकाको पहिचान गर्न सम्बन्धित पालिकाले नेतृत्व गर्ने निर्णय भएको छ”, गणपति घलेले भन्नुभयो, “सो बाटोको पहिचान गर्न एक समिति गठन गरी कार्यप्रारम्भ भएको छ ।”

समितिले पहिचान गरेको स्थानहरूमा ऐतिहासिक महत्व झल्किने किसिमका प्रवर्द्धनात्मक सामग्री तयार गर्न पालिका र नेपाल पर्यटन बोर्डसँग समन्वय गरिने उहाँले बताउनुभयो । ‘निशान पदमार्ग’का लागि पर्यटन बोर्डले रु १० लाख विनियोजन गरेको उहाँले जानकारी दिनुभयो ।

इलामको ऐतिहासिक, धार्मिक, सांस्कृतिक सम्पदाको खोज, पहिचान, संरक्षण तथा प्रवर्द्धनमा सहयोग पुर्याउने उद्देश्यले निशान पदमार्गलाई विकास गर्न खोजिएको गणपति घलेले बताउनुभयो । “इतिहासको संरक्षणमा ठोस योगदान पुग्नेछ, इलामवासीको धार्मिक र सांस्कृतिक आस्थाको केन्द्रको रूपमा रहेको माईस्थान मन्दिर क्षेत्रको महत्व बढ्नेछ”, उहाँले भन्नुभयो, “समग्रमा इलामको पर्यटन व्यवसायमा सकारात्मक प्रभाव पार्नेछ ।”

‘निशान पदमार्ग’ निर्माणका लागि इलाम नगरपालिका, सूर्योदय नगरपालिका र माईजोगमाई गाउँपालिकाले चासो देखएका छन् । सूर्योदय नगरपालिका उपप्रमुख दुर्गाकुमार बरालले आफ्नो नगरपालिकाका भू–भागभित्र निशान ल्याइएको मार्ग पहिचान गर्न प्रारम्भिक अध्ययन सुरु गरिएको बताउनुभयो । “हामीले एकपटक समन्वय बैठक बसेर निशान ल्याइएको मार्ग पहिचान गर्न अध्ययन सुरु गरिसकेका छौँ”, बरालले भन्नुभयो, “पमदमार्गसहित गढीसमेत राख्ने पहल गरिरहेका छौँ ।”

माईजोगमाई गाउँपालिकाका अध्यक्ष कुशबहादुर थेवेले विस्तृत योजना बनाएर जाने तयारीमा रहेको बताउनुभयो । “पदमार्गले अकुपाइ गर्ने जग्गा व्यवस्थापन गर्ने जिम्मा सम्बन्धित पालिकालाई दिएर जानुपर्छ”, उहाँले भन्नुभयो, “इतिहासको खोजी गरी पर्यटनको विकासमा समेत टेवा पुर््याउने यस्तो काममा माईजोगमाई गाउँपालिका सधैँ तत्पर छ ।”

सुगौली सन्धिले पूर्वमा मेची नदीलाई नेपाल–भारत सीमा कायम भएको बताएएको छ । यसपछि मिरिकस्थित नागरीगढीमा रहेको श्रीनाथ सिंह पल्टन अहिलेको इलाम सूर्योदय नगरपालिकाको करफोकस्थित पूर्णेडाँडामा आएर बसेको इतिहास छ ।

मेचीदेखि नागरीगढी हुँदै टिस्टासम्मको भू–भाग ४० दिनभित्र गढी खाली गर्न सम्झौता भयो । सम्झौता कार्यान्वयन गर्दै सुब्बा जयन्त खत्रीले नागरीगढी खाली गरी सदरमुकाम करफोक ल्याएका बताइएको छ ।

पूर्णेडाँडा भारतीय सीमानजिक भएको र अङ्ग्रेजले जुनसुकै बेला आक्रमण गर्न सक्ने भएकाले मुकाम खडा गर्नेक्रममा माईजोगमाई गाउँपालिकाको नामसालिङस्थित हात्तीटार हुँदै श्रीनाथ सिंह पल्टन इलाम –७ स्थित माईस्थान मन्दिर ल्याइएको थियो । माईस्थान मन्दिर विसं १८८० स्थापना भएको अनुमान छ । हाल निशान सोही मन्दिरमा संरक्षण गरी राखिएको छ ।

Tags: #राससइलामपदमार्ग
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

धार्मिक पर्वका नाममा हतियारसहित प्रदर्शन नगर्न सुनसरी प्रशासनको निर्देशन
Uncategorized

सुनसरीका यी पोल्ट्री फार्ममा देखियो बर्ड फ्लु

by टाकुरा न्यूज । इटहरी
बैशाख ९, २०८३
0

सुनसरी : जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयले मंगलबार जारी गरेको...

समाचार

झापा : नवीकरणीय ऊर्जा ‘पेलेट’को उत्पादन सुरु

by रासस
बैशाख ९, २०८३
0

झापा : खेर गइरहेको स्थानीय स्रोत र साधनको सदुपयोग गरेर मेचीनगर नगरपालिका–१५ ज्यामिरगढीमा नवीकरणीय ऊर्जा ‘पेलेट’को उत्पादन सुरु गरिएको छ...

इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

बैशाख ९, २०८३
विराट किचनले पायो ‘क’ वर्गको खाद्य स्वच्छता

विराट किचनले पायो ‘क’ वर्गको खाद्य स्वच्छता

बैशाख ८, २०८३
मोरङको सुन्दरहरैँचामा कारको ठक्करबाट एक पुरुषको मृत्यु

जन्ती बोकेको बसले ठक्कर दिँदा २७ वर्षीय युवकको मृत्यु

बैशाख ८, २०८३
नागरिकमैत्री बनाउन एकद्वार प्रणालीमार्फत सेवा प्रवाह सुरु

नागरिकमैत्री बनाउन एकद्वार प्रणालीमार्फत सेवा प्रवाह सुरु

बैशाख ८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

धार्मिक पर्वका नाममा हतियारसहित प्रदर्शन नगर्न सुनसरी प्रशासनको निर्देशन

सुनसरीका यी पोल्ट्री फार्ममा देखियो बर्ड फ्लु

बैशाख ९, २०८३

झापा : नवीकरणीय ऊर्जा ‘पेलेट’को उत्पादन सुरु

बैशाख ९, २०८३

इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

बैशाख ९, २०८३
विराट किचनले पायो ‘क’ वर्गको खाद्य स्वच्छता

विराट किचनले पायो ‘क’ वर्गको खाद्य स्वच्छता

बैशाख ८, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1351 shares
    Share 540 Tweet 338
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    466 shares
    Share 186 Tweet 117
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    459 shares
    Share 184 Tweet 115
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    385 shares
    Share 154 Tweet 96
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    375 shares
    Share 150 Tweet 94

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.