Monday, September 14, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home खेलकुद

चैत १० गतेदेखि १४ औं अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप, यस वर्ष रात्रिकालीन प्रतियोगिता हुने

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन २२, २०८०
in खेलकुद, समाचार
0
चैत १० गतेदेखि १४ औं अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप, यस वर्ष रात्रिकालीन प्रतियोगिता हुने
312
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीमा हरेक वर्ष हुँदै आएको इटहरी गोल्डकप आगामी चैत १० गतेदेखि हुने भएको छ । गोल्डकपबारे मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।

राष्ट्रिय जागृति क्लब (राजा) को आयोजनामा इटहरी रंगशालामा हुने गोल्डकपमा आठवटा टिम सहभागी हुने जानकारी दिइयो ।

क्लबका अध्यक्ष सन्तबहादुर डुम्जनका अनुसार चैत १० गतेदेखि १७ गतेसम्म हुने गोल्डकपमा ए डिभिजनका चारवटा, भारतको एउटासहित आठ टिम सहभागी हुनेछन् ।

त्रिभुवन आर्मी क्लब, चर्च ब्वाइज, एपीएफ, एनआरटी क्लब, बिर्तामोड युनाइटेड झापा, कञ्चनजंघा फुटबल क्लब भारत, साबिक बिजेता सगरमाथा युथ क्लब मोरङ र आयोजक राष्ट्रिय जागृति क्लब इटहरी सहभागी हुने डुम्जनले जानकारी दिए ।

प्रतियोगिताको विजेताले नगद दस लाखसहित ट्रफी हात पार्नेछन् भने उपविजेताले पाँच लाखमा चित्त बुझाउनेछ । प्रतियोगितामा हरेक दिन म्यान अफ दि म्याच हुने खेलाडीले १० हजार प्राप्त गर्नेछन् ।

यसैगरी उत्कृष्ट गोल किप्पर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिड फिल्ड, उत्कृष्ट फरवार्ड, उत्कृष्ट बेस्ट प्रशिक्षक, उत्कृष्ट राइजिङ प्लेयरलाई नगद २० हजार प्रदान गरिने खेल संयोजक अनुरोध थापाले जानकारी दिए । यसैगरी उत्कृष्ट हाइ स्कोररलाई भने २५ हजार दिने उनले बताए । यस्तै, म्यान अफ दि सिरिज प्राप्त गर्ने खेलाडीले एक लाख प्राप्त गर्ने खेल संयोजक थापाले बताए ।

प्रतियोगिताका आर्थिक समिति संयोजक तथा कोसी प्रदेश फुटबल संघका सचिव केशव कार्कीका अनुसार यस वर्ष रात्रिकालीन फुटबल प्रतियोगिता हुनेछ । ‘यस वर्ष हामीले रात्रिकालीन प्रतियोगिता गर्नेछौँ, सोहीअनुसार तयारी भइरहेको छ,’ उनले भने, ‘रंगशालामा चारवटा लाइट जडान हुन्छ । दुईवटा छदैँछ, दुईवटा थप गर्नेगरी काम भइरहेको छ ।’

अहिले व्यवसाय नभएका कारण आर्थिक सहयोग गर्न सकस परेपनि फुटबल हेर्ने दर्शकको आश रहेको उनले बताए । ‘हामीलाई यस वर्ष मुख्य त दर्शकको आश छ,’ उनले भने, ‘रात्रिकालीन फुटबल प्रतियोगिता गर्नका लागि चुनौती चैँ छ । तर, सुरक्षा समिति बनाएर प्रहरीसँग समन्वय गरेका छौँ ।’

यस वर्ष ‘सेक्युरिटी’ पनि थप गरिने उनले बताए । टिकट दर क्वाटरफाइनलमा एक सय, सेमिफाइनलमा दुई सय र फाइनलमा तीन सय तोकिएको छ । हरेक दिन दुई हजार दर्शकले टिकट काटेर प्रतियोगिताको मनोरञ्जन लिन सकिने अपेक्षा गरिएको कार्कीले बताए ।

उनका अनुसार सुरक्षा चुनौतीको दृष्टिकोणका कारण यस वर्ष नगरपालिकासँग पनि सुरक्षाको माग गरिनेछ ।

प्रतियोगितामा कूल ७६ लाख खर्च हुने अनुमान गरिएको छ । प्रतियोगितामा प्रदेश खेलकुद विकास बोर्ड, इटहरी उपमहानगरपालिका, राष्ट्रिय खेलकुद परिषद्ले सहयोग गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको मुख्य प्रायोजक कन्ट्रोल लुब्रिकेन्ट्स रहेको छ ।

यस्तै, आयोजकले गत वर्षको पनि आयव्यय सार्वजनिक गरेको छ । गत वर्ष आयोजकले कूल ५९ लाख ६० हजार ४ सय ५० रुपैयाँ आम्दानी भएको जनाएको छ । यसैगरी ५५ लाख ९४ हजार रुपैयाँ खर्च भएको जानकारी दिइयो ।

Tags: #खेलकुदइटहरी गोल्डकपगोल्डकपफुटबल
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ
FEATURE BREAKING

लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ २८, २०८३
0

इटहरी : लेनदेन बिगोसम्बन्धी मुद्दामा दुई वर्ष कैद सजाय तोकिएपछि फरार रहेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । इलाका...

रसुवा बाढीको कहर : कुशको शव बनाएर घिमिरेको सद्गत
Uncategorized

रसुवा बाढीको कहर : कुशको शव बनाएर घिमिरेको सद्गत

by टाकुरा न्यूज । इटहरी
भदौ २८, २०८३
0

उदयपुृर । भोटेकोशी बाढीमा नुवाकोटको त्रिशूलीबाट बेपत्ता भएका उदयपुरका ४२ वर्षीय देवेन्द्र घिमिरेको प्रतीकात्मक कुशको शव बनाएर शनिबार अन्त्येष्टी गरिएको...

हाते कल चलाउँदा करेन्ट लागेर एकको ज्यान गयो

हाते कल चलाउँदा करेन्ट लागेर एकको ज्यान गयो

भदौ २८, २०८३
पुस्तकालय स्थापना गर्न लाइब्रेरी फाउण्डेशन र उद्योग वाणिज्य सङ्घबीच सम्झौता

पुस्तकालय स्थापना गर्न लाइब्रेरी फाउण्डेशन र उद्योग वाणिज्य सङ्घबीच सम्झौता

भदौ २८, २०८३
हुङ्गा खोला थुनिएपछि नदी तटीय क्षेत्रमा सतर्क रहन प्रशासनकाे अनुराेध

हुङ्गा खोला थुनिएपछि नदी तटीय क्षेत्रमा सतर्क रहन प्रशासनकाे अनुराेध

भदौ २८, २०८३
जमिन भासिएर पहिरो : तीन घर बगे, त्रासमा गाउँ

जमिन भासिएर पहिरो : तीन घर बगे, त्रासमा गाउँ

भदौ २८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

भदौ २८, २०८३
रसुवा बाढीको कहर : कुशको शव बनाएर घिमिरेको सद्गत

रसुवा बाढीको कहर : कुशको शव बनाएर घिमिरेको सद्गत

भदौ २८, २०८३
हाते कल चलाउँदा करेन्ट लागेर एकको ज्यान गयो

हाते कल चलाउँदा करेन्ट लागेर एकको ज्यान गयो

भदौ २८, २०८३
पुस्तकालय स्थापना गर्न लाइब्रेरी फाउण्डेशन र उद्योग वाणिज्य सङ्घबीच सम्झौता

पुस्तकालय स्थापना गर्न लाइब्रेरी फाउण्डेशन र उद्योग वाणिज्य सङ्घबीच सम्झौता

भदौ २८, २०८३



लाेकप्रिय

  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    688 shares
    Share 275 Tweet 172
  • लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    357 shares
    Share 143 Tweet 89
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    350 shares
    Share 140 Tweet 88
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    295 shares
    Share 118 Tweet 74
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    293 shares
    Share 117 Tweet 73

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.