वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट आज १० जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।
प्रतिष्ठानका अनुसार डिस्चार्ज हुनेमा ८ जना पुरुष र २ जना महिला छन् । झापाका ३, सुनसरीका ५ र मोरङका २ जना डिस्चार्ज भएका हुन् ।
प्रतिष्ठानबाट हालसम्म २६६ जना उपचार पश्चात संक्रमणमुक्त भएर डिस्चार्ज भइसकेका छन् ।
Discussion about this post