Sunday, June 28, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

ताप्लेजुङ : केन्द्रीय प्रसारण लाइनको पर्खाइमा मामाङ्खे गाउँ

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन ३०, २०८०
in समाचार
0
सङ्खुवासभा : भोटखोलामा विद्युतको राष्ट्रिय प्रसारणलाइन जोडियो
71
SHARES
Share on FacebookShare on Twitter

ताप्लेजुङ : ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ र ६ का गाउँ विद्युतविहीन  भएको दुई वर्ष भएको छ । विद्युतगृह पहिराले बगाएसँगै गाउँले अहिले अन्धकारमा बस्न बाध्य भएका हुन् ।

विद्युत् उत्पादन गर्ने ठाउँ नै नभएसँगै अहिले केन्द्रीय प्रसारण लाइनको पर्खाइमा बस्न बाध्य भएको सिरिजङ्गा –६ स्थित लक्ष्मी माध्यमिक विद्यालयका शिक्षक मानप्रसाद भट्टराईले बताउनुभयो । विद्यतगृह पहिराले बगाएसँगै मामाङ्खे गाउँ विद्युतविहीन भएको हो ।

उहाँका अनुसार घरपरिवारले सोलर प्यानल खरिद गरेर प्रयोग गरिएका छन् भने आर्थिक अवस्था कमजोर परिवार भने सोलारसमेत खरिद गर्ने अवस्था नभएकाले अँध्यारोमा बस्न बाध्य भएका छन् । केही घरपरिवारले भने मट्टितेल प्रयोग गरेर टुकीको प्रयोग गरेको शिक्षक भट्टराईले बताउनुभयो ।

गत २०७९ साल असार २ गते रात अविरल वर्षासँगै गएको पहिराले विद्युतगृह बगाएको सिरिजङ्गा –६ मामाङ्खेका वडाध्यक्ष शुक्रराज माबोले बताउनुभयो । उहाँका अनुसार खाकसेवा खोलाबाट ७५ किलोवाटको लघु जलविद्युत् आयोजनाले सिरिजङ्गा –५ पेदाङ र ६ मामाङ्खे गाउँमा छ सय घरले उपभोग गर्दै आएको थियो ।

पहिराले लघु जलविद्युतगृह बगाएसँगै अन्धकारमा बस्न बाध्य भएको खाकसेक्वा खोला लुघजलविद्युत् उपभोक्ता समितिका अध्यक्ष टीका माबोले बताउनुभयो ।  सोही बखत पहिराले गर्दा उक्त गाउँपालिकामा दुई जनाले ज्यान गुमाएका थिए भने ६३ घरपरिवार पूर्णरूपमा विस्थपित हुन पुगेका थिए ।

पहिराले विद्युतगृह बगाएसँगै अहिलेसम्म विद्युत् जडान नहुँदा अन्धकारमा बस्न बाध्य हुनुपरेको मामाङ्खेका स्थानीय सिङ्गवीर लिम्बूले बताउनुभयो । गाउँमा आपतविपत् पर्दा र मानिस  बिरामी पर्दा बिजुली बत्तीको अभावले  बढी समस्या हुने गरेको उहाँको भनाइ छ ।

मोबाइलको ब्याट्री चार्ज गर्न नपाउँदा आफ्ना आफन्तसँग सञ्चार सम्पर्क गर्न समस्या हुँदै आएको मामाङ्खेका सुने लिम्बूले बताउनुभयो ।

लामो समय बिजुली बत्ती नबनेपछि विद्यार्थीको पठनपाठनमा प्रत्यक्ष असर परेको स्थानीयवासीको गुनासो छ । विवाहलगायतका सार्वजनिक कार्यमा बिजुली बत्ती नभएपछि जेनेटरको प्रयोग गरेर काम चलाउँदै आएको स्थानीय हर्क माबोले बताउनुभयो । जेनेटर प्रयोग गरी बत्ती बाल्दा धेरै खर्चिलो हुने गरको स्थानीयको भनाइ छ ।

विद्युतगृह राख्ने ठाउँ नै नरहने गरी पहिरोले बगाएर लगेकाले अब त्यस ठाउँमा पुनः विद्युतगृह निर्माण गर्न समस्या भएको खाकसेक्वा खोला लघुजलविद्युत् उपभोक्ता समितिका अध्यक्ष माबो बताउनुहुन्छ । माबोले भन्नुभयो, “हामीले बनाउने भनेर प्राविधिक पनि बोलाएर सर्वेक्षण गर्यौँ  तर ठूलो खर्च लाग्ने प्राविधिकले हिसाब निकाले । गाउँपालिकाले उपलब्ध गराएको बजेटले नपुग्ने भएपछि त्यत्तिकै छाड्यौँ । अन्य ठाउँबाट विद्युत् निकालौँ भने खोला छैन ।”

वडाध्यक्ष माबोका अनुसार मामाङ्खे गाउँमा विद्युत् प्राविधिक बोलाएर विद्युत् निकाल्न सर्भे गरे पनि सर्भेबाट रु. दुई करोडभन्दा बढी खर्च लाग्ने भएपछि प्रत्येक घरपरिवारबाट सङ्कलन गर्दा पनि नपुग्ने भएपछि विद्युत्गृह बनाउनबाट पछि सरेको हो । विद्युत्गृह पुनःनिर्माण गर्न ठूलो बजेट लाग्ने भएपछि प्रसारण लाइनको पर्खाइमा बस्न बाध्य भएको वडाध्यक्ष माबोले बताउनुभयो ।

पहिराले बगाएको विद्युतगृह पुनःनिर्माण नगरी राष्ट्रिय प्रसारणमा विद्युत् लाइन जोड्ने पेदाङवासीले योजना बनाएको  खाकसेक्वा खोला लघुजलविद्युत् पेदाङ उपभोक्ता समितिका अध्यक्ष भोला भट्टराईले बताउनुभयो ।

“खोलाले बगाएको स्थानमा पुनःनिर्माण गर्न धेरै खर्च लाग्ने भएकाले राष्ट्रिय प्रसारण लाइन यहाँ जोड्न लागिएको छ”, उहाँले भन्नुभयो, “राष्ट्रिय प्रसारण लाइन जोड्नका लागि पोल गाड्ने, तार तान्ने काम हुन लागेको छ । छिट्टै नै पेदाङ गाउँ अँध्यारोमुक्त गाउँ हुन्छ ।”

पहिराले बगाएको विद्युतगृह मर्मत गर्नुभन्दा राष्ट्रिय प्रसारण लाइन छिट्टै ल्याउन पहल भइरहेको सिरिजङ्गा गाउँपालिकाका उपाध्यक्ष डा. चित्र माबोले जानकारी दिनुभयो ।

Tags: #ताप्लेजुङ#राससविद्युत
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

काव्य डबलीको तेस्रो शृङ्खला : ‘किप साइलेन्स’पछि मन्त्रमुग्ध बन्यो सभाहल
FEATURE BREAKING

काव्य डबलीको तेस्रो शृङ्खला : ‘किप साइलेन्स’पछि मन्त्रमुग्ध बन्यो सभाहल

by टाकुरा न्यूज । इटहरी
असार १४, २०८३
0

इटहरी : शनिबार साँझ कोशी कलेजको सभाहलमा कविता, मौनता र संवेदनाको अद्भुत संगम देखियो। काव्य डबलीले आफ्नो तेस्रो शृङ्खला आयोजना...

इलाममा पहिरोले सडक अवरुद्ध, पाँचथर–ताप्लेजुङको यातायात प्रभावित
विविध

इलाममा पहिरोले सडक अवरुद्ध, पाँचथर–ताप्लेजुङको यातायात प्रभावित

by रासस
असार १४, २०८३
0

इलाम : वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ । इलाम नगरपालिका–९ स्थित माईखोलामा सडकमाथिबाट...

उवासंघ निर्वाचन : कागजात नमिलेपछि चार जनाको उम्मेदवारी खारेज

उवासंघ निर्वाचन : कागजात नमिलेपछि चार जनाको उम्मेदवारी खारेज

असार १४, २०८३
बासुदेव बरालको ‘कोशी’ पुस्तकमाथि इटहरीमा परिचर्चा

बासुदेव बरालको ‘कोशी’ पुस्तकमाथि इटहरीमा परिचर्चा

असार १३, २०८३
सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

असार १३, २०८३
तीनजनामा डेंगु पुष्टि

डेङ्गी रोकथामका लागि भोजपुरमा सचेतनादेखि ‘खोज र नष्ट गर’ अभियानसम्म

असार १३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

काव्य डबलीको तेस्रो शृङ्खला : ‘किप साइलेन्स’पछि मन्त्रमुग्ध बन्यो सभाहल

काव्य डबलीको तेस्रो शृङ्खला : ‘किप साइलेन्स’पछि मन्त्रमुग्ध बन्यो सभाहल

असार १४, २०८३
इलाममा पहिरोले सडक अवरुद्ध, पाँचथर–ताप्लेजुङको यातायात प्रभावित

इलाममा पहिरोले सडक अवरुद्ध, पाँचथर–ताप्लेजुङको यातायात प्रभावित

असार १४, २०८३
उवासंघ निर्वाचन : कागजात नमिलेपछि चार जनाको उम्मेदवारी खारेज

उवासंघ निर्वाचन : कागजात नमिलेपछि चार जनाको उम्मेदवारी खारेज

असार १४, २०८३
बासुदेव बरालको ‘कोशी’ पुस्तकमाथि इटहरीमा परिचर्चा

बासुदेव बरालको ‘कोशी’ पुस्तकमाथि इटहरीमा परिचर्चा

असार १३, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    682 shares
    Share 273 Tweet 171
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    397 shares
    Share 159 Tweet 99
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    382 shares
    Share 153 Tweet 96
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    354 shares
    Share 142 Tweet 89
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    353 shares
    Share 141 Tweet 88

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.