उदयपुरको त्रियुगा नगरपालिका ६ बाट लागूऔषध सहित १ जना पक्राउ परेका छन् ।
प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले सप्तरीको सुरुङगा नगरपालिका ४ का १९ बर्षीय श्याम चौधरीलाई लागूऔषध नाईट्रोजेपाम १७ ट्याब्लेट सहित पक्राउ गरेको हो ।
पक्राउ परेका चौधरीको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
Discussion about this post