ईलाका प्रहरी कार्यालय इटहरीले हराएका बिभिन्न ब्राण्डका २० थान मोवाइल सेट फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ ।
आफ्ना मोबाइल बिभिन्न स्थानहरुबाट हराएको तथा चोरी भएको भन्ने निवेदनको आधारमा खोजतलास गर्ने क्रममा असार महिनामा करिव ५ लाख ९४ हजार २४० मूल्य बराबरका २० थान मोवाइल सेट फेला पारी सम्बन्धित धनीहरुलाई बुझाईएको ईलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) धर्मराज भण्डारीले जानकारी दिए ।
हालसम्म बिभिन्न ब्राण्डका अन्दाजी ७२ लाख १८ हजार ६२० रुपैयाँ बराबरको २ सय ९६ थान मोवाईल फेला पारी सम्बन्धित धनीलाई बुझाई सकिएको ईलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
।
















Discussion about this post