चेक बाउन्स मुद्दामा २ बर्ष कैद ठहर भई हाल फरार रहेका जिल्ला झापा गौरादह नगरपालिका वडा नं. ०६ घर भई हाल धरान १६ का प्रकाश सम्बाहाम्फेलाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय धरानका डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार ललितपुर अदालतको २०७६ चैत ७ गतेको फैसला आदेश अनुसार वादी काजलदिप राणा र प्रतिवादी प्रकाश सम्बाहाम्फे भएको चेक अनादर (बिगो) मुद्दामा उनी फरार रहेका थिए ।
Discussion about this post