३८ बर्ष अगाडिदेखि हरेक साउन महिनाभर जल चढाउने गरिएको धरानस्थित पिण्डेश्वर मन्दिरमा पहिलो पटक कोरोना महामारीका कारण ‘ब्रेक’ लागेको छ ।
पिण्डेश्वरमा पहिलो पटक कोरोनाले भक्तालुहरूलाई पूजाआजामा बाधा पुगेको हो ।
स्थानीय सरकार तथा प्रशासनले पनि बोलबम नआइदिनका लागि आग्रह गरेको छ ।
धरान उपमहानगरपालिकाले शनिबार धरान बजारमा माइकिङ गर्दै भक्तालुहरूलाई जल चढाउने कार्यमा सामेल नभइदिनका लागि आग्रह गरेको थियो ।
पिण्डेश्वर बाबाधाम समितिका अध्यक्ष विकासकुमार बनेपालीका अनुसार सरकारले मठमन्दिर नखोलेकका कारण र कोरोना महामारीका कारण पहिलोपटक भक्तजनलाई नआउन आग्रह गरिएको हो ।
पिण्डेश्वरमा हरेक वर्षको साउनमा मात्रै ३ देखि ५ लाख भक्तजनहरू जल चढाउनका लागि विभिन्न जिल्लाबाट आउने गरेको उनको भनाई थियो ।
धरानको पिण्डेश्वर मन्दिरमा २०३९ सालदेखि जल चढाउन थालिएको हो ।

















Discussion about this post