धरान–१७ स्थित एन्फा टेक्निकल सेण्टरको क्वारेण्टिन भवनमा बस्दै आएकामध्ये चारजना पुरुषको पीसीआर जाँचको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको छ ।
उनीहरू सबै विदेशबाट आएर एन्फा क्वारेण्टिनमा बसेका थिए ।
धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार साउन ४ गते एन्फा क्वारेण्टिनमा बसेका ४८ जनाको स्वाब सङ्कलन गरेर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो ।
तीमध्ये चार जनाको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको हो ।
















Discussion about this post