इटहरी : समाजमा बढ्दो प्रविधिको प्रयोगले विद्यार्थीमा नकारात्मक प्रभावले अंगाल्दै गएको छ ।
यसैबीच मिथ्या सूचना, भाइरल हुने रहरमा बन्न कपोकल्पित सूचना र ‘प्रपोगन्डा’ले समाजमा फैलाइरहेका विकृतिलाई चिर्नका निम्ति सचेतनामूलक नाटक ‘हाउगुजी’ प्रस्तुत गरिएको छ ।
इन्टरनेशनले रिपब्लिकेन इन्सिच्युटको सहयोग तथा कलालय इटहरीको सहकार्यमा सचेततनामूलक नाटक ‘हाउगुजी’ मञ्चन गरिएको हो ।
बिहीबार इटहरीको कस्तुरी एकेडेमीमा उक्त नाटक मञ्चन गरियो । नाटकमा मिथ्या सूचना कसले, किन फैल्याउँछन् ? यसको समाजमा कस्तो असर परिरहेको छ ? हामी कसरी सचेत रहन सक्छौँ ? भनेर चित्रण गरिएको नाटकका लेखक तथा निर्देशक प्रजल दुलालले बताए ।
विद्यार्थीहरूमा अन्य ज्ञान र जानकारीसँगै सूचना र प्रविधिकोसमेत सानै उमेरदेखि जानकारी गराउन सके भविष्यमा मिथ्या सूचना फैलिन सक्ने सम्भावना कम हुने उनले बताए ।
सही सूचना पाउने नागरिकको अधिकार रहेकाले नाटकमार्फत सचेत गराउन खोजिएको संयोजक युवराज काफ्लेले जानकारी दिए ।
उनका अनुसार कोसी सेन्ट जेम्स स्कुल र विश्व आदर्श कलेजमा शुक्रबार मञ्चन गरिनेछ ।
Discussion about this post