उदयपुर : होली खेलेर नुहाउन गएका तीन बालबालिका सुनकोसीमा डुबेर बेपत्ता भएका छन् । उनीहरू होली खेलेर नुहाउन सुनकोसी गएका थिए ।
बेपत्ता हुनेहरूमा उदयपुर त्रियुगा नगरपालिका वडा नं. १४ साउनेका मोहनबहादुर मगरका १२ वर्षीय छोरा लोकबहादुर मगर, केदार मगरका नौ वर्षीय छोरा रिदम मगर र रुद्र पुलामी मगरका १२ वर्षीया छोरी रेखा मगर रहेका छन् ।
स्थानीय प्रहरी टोलीले सुनकोसीमा डुबेर बेपत्ता बालबालिकाको खोजी गरिरहेको जनाएको छ ।











Discussion about this post