Monday, October 26, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

पर्यटन प्रवर्द्धनमा जुट्दै इलामका साहित्यकार, ‘साहित्य महोत्सव’ हुँदै

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र १२, २०८०
in कला साहित्य, समाचार
0
पर्यटन प्रवर्द्धनमा जुट्दै इलामका साहित्यकार, ‘साहित्य महोत्सव’ हुँदै
109
SHARES
Share on FacebookShare on Twitter

इलाम : इलामका साहित्यकार जिल्लाको पर्यटन प्रवर्द्धनमा जुटेका छन् ।

इलाम पर्यटकीय जिल्ला भए पनि पछिल्लो समय सुनसान बन्दै गएपछि साहित्यको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यहाँका साहित्यकार जुटेका हुन् ।

इलाम नगर साहित्य, कला, सङ्गीत प्रतिष्ठानको अगुवाइमा सदरमुकाममा यही चैत १६ र १७ गते तेस्रो संस्करणको ‘इलाम साहित्य महोत्सव’ आयोजना हुन लागेको हो ।

जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले दुईदिने साहित्य महोत्सव आयोजना गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष प्रकाश थाम्सुहाङले जानकारी दिनुभयो । उहाँका अनुसार ‘पर्यटनका लागि साहित्य’ भन्ने नाराका साथ आयोजना हुने महोत्सवमा नेपाल र भारतका दुई सय बढी साहित्यकार सहभागी हुनेछन् ।

“इलाम आफैँमा एउटा रमणीय र सुन्दर पर्यटकीय जिल्ला हो । यसलाई साहित्यका माध्यमबाट थप विकास र प्रवर्द्धन गर्नका लागि महोत्सव आयोजना गर्न लागिएका हौँ”, अध्यक्ष थाम्सुहाङले भन्नुभयो, “महोत्सवमा नेपाल र भारतका गरी दुई सय बढी साहित्यकार यहाँ आउनुहुनेछ ।”

नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले उद्घाटन गर्नुहुने महोत्सवमा साहित्यसँगै पर्यटन, अर्थतन्त्र र राजनीतिबारे बहस हुने उहाँले जानकारी दिनुभयो ।

उद्घाटन समारोहमा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईको सम्भाषण हुने आयोजकले जनाएको छ ।

महोत्सवको पहिलो दिन ‘सङ्घीयता: यस्तो वा कस्तो’ शीर्षकमा नवीना लामा, मिलन पाण्डे र डिल्लीराम सुवेदीको बहस, ‘कविता’ शीर्षकमा सोझो गाउँले, सुन्दर कुरूप र सुमिनाको बहस, ‘मिथकदेखि मिथकसम्म’ शीर्षकमा डा.अरुण गुप्ता र राजन मुकारङबोको बहस र ‘आख्यान: अन्तिम पात र नयाँ पालुवा’ शीर्षकमा नारायण ढकाल र वसन्त बस्नेतको बहस हुने प्रतिष्ठानका अध्यक्ष थाम्सुहाङले जानकारी दिनुभयो ।

‘पोइट्री इन मुभमेन्ट’ शीर्षकमा राजा पुनियानी र ‘अर्थतन्त्र’ शीर्षकमा स्वर्णिम वाग्लेको प्रस्तुति रहनेछ भने ‘बदलिँदो विश्व फेरिँदो स्थानीयता’ शीर्षकमा रोहेज खतिवडा, धर्मेन्द्र नेम्बाङ र रञ्जित तामाङको बहस, ‘चारखोलको रङ्गमञ्च’ शीर्षकमा सुरेश पोर्तेल र चेतन आङ्थुपोको बहस हुने आयोजकले जनाएको छ ।

साथै ‘कविताको स्वर’ शीर्षकमा गद्य कविता वाचन र ‘छन्द सुगन्ध’ शीर्षकमा पद्य कविता वाचनसमेत सोही दिन हुने अध्यक्ष थाम्सुहाङले जानकारी दिनुभयो ।

दोस्रो दिन ‘संरक्षण र पर्या-पर्यटनका कुरा’ शीर्षकमा सोनाम भुटिया र दीपेन्द्र कर्णको बहस, ‘मातृभाषाको सकस’ शीर्षकमा सुरेश किरण, चन्द्रकिशोर र गौरी तमुको बहस हुनेछ ।

‘उमेरको कथा’ शीर्षकमा अभि सुवेदीसँग दीपक सापकोटाको संवाद, ‘सिनेमा’ शीर्षकमा केकी अधिकारी, मीन भाग र रामबाबु गुरुङको बहस र ‘अक्षर मोहः अक्षर यात्रा’ शीर्षकमा शैलेन्द्र अधिकारी, शङ्कर तिवारी र टीका आत्रेयको बहस हुनेछ ।

‘सीमा, साहित्य र संस्कृति’ शीर्षकमा डा.कविता लामा, गणेश खनियाँ र दीपक लुङ्गेलीको बहस, ‘प्रतिरोधी साहित्य’ शीर्षकमा डा.ज्ञानेन्द्र खतिवडा, विक्रम हथवार (कर्नाटक) र डा.स्मिता विष्टको बहस, ‘कस्तो राजनीति’ शीर्षकमा डा. सिके राउत, प्रदीप गिरी र विश्वप्रकाश शर्माको बहस हुनेछ । साँझ गजल सन्ध्यासँगै महोत्सव समापन हुने प्रतिष्ठानका अध्यक्ष थाम्सुहाङले जानकारी दिनुभयो ।

Tags: #पर्यटन#राससइलामप्रकाश थाम्सुहाङमहोत्सव
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सप्तकोशीमा पानीबोट दुर्घटना, तीन जनाको मृत्यु, तीन बेपत्ता
FEATURE BREAKING

सप्तकोशीमा पानीबोट दुर्घटना, तीन जनाको मृत्यु, तीन बेपत्ता

by टाकुरा न्यूज । इटहरी
कार्तिक ८, २०८३
0

धनकुटा : सप्तकोशी नदीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । दुर्घटनामा चालकसहित...

ऐलानी जग्गाको मोह : भत्किएको घर, नफर्किएको लगानी
FEATURE BREAKING

ऐलानी जग्गाको मोह : भत्किएको घर, नफर्किएको लगानी

by अर्जुन उप्रेती
कार्तिक ७, २०८३
0

इटहरी : जानुका कार्कीले २०५८ सालमा झुम्का–चतरा बस स्ट्यान्ड नजिकै घर बनाउँदा त्यहाँको चहलपहलमा आफ्नो भविष्य देखेकी थिइन् । सुनसरी–मोरङ...

आत्महत्या दुरुत्साहन मुद्दामा एक शिक्षक पक्राउ

धरानमा लागूऔषधसहित दुई जना पक्राउ

कार्तिक ६, २०८३
मोरङ कारागारमा विपश्यना ध्यान

मोरङ कारागारमा विपश्यना ध्यान

कार्तिक ६, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

सुनसरीमा छुट्टाछुट्टै सवारी दुर्घटना, दुई जनाको मृत्यु

कार्तिक ६, २०८३
इजाजत प्राप्त हातहतियार माघ मसान्तभित्र बुझाउन झापा प्रशासनको निर्देशन

झापामा चर्को आवाजमा डिजे बजाउन प्रतिबन्ध

कार्तिक ६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मोटरसाइकल दुर्घटनामा विराटनगरका ४५ वर्षीय पुरुषको मृत्यु

स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

कार्तिक ८, २०८३
सप्तकोशीमा पानीबोट दुर्घटना, तीन जनाको मृत्यु, तीन बेपत्ता

सप्तकोशीमा पानीबोट दुर्घटना, तीन जनाको मृत्यु, तीन बेपत्ता

कार्तिक ८, २०८३
ऐलानी जग्गाको मोह : भत्किएको घर, नफर्किएको लगानी

ऐलानी जग्गाको मोह : भत्किएको घर, नफर्किएको लगानी

कार्तिक ७, २०८३
आत्महत्या दुरुत्साहन मुद्दामा एक शिक्षक पक्राउ

धरानमा लागूऔषधसहित दुई जना पक्राउ

कार्तिक ६, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    840 shares
    Share 336 Tweet 210
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    641 shares
    Share 256 Tweet 160
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    511 shares
    Share 204 Tweet 128
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    290 shares
    Share 116 Tweet 73
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    284 shares
    Share 114 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.