Tuesday, August 11, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

अवैध आयात र दक्षजनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र १६, २०८०
in समाचार
0
78
SHARES
Share on FacebookShare on Twitter

झापा : भारतबाट हुने अवैध आयात र दक्षजनशक्तिको अभावले झापाका बेकरी उद्योग सङ्कटमा पर्दै गएका छन् ।

लुपिछिपी झापाको सीमावर्ती क्षेत्रबाट पाउरोटी, बिस्कुट, केकलगायत बेकरीजन्य खाद्यवस्तु भित्रिँदा यहाँका उद्योग सङ्कटमा पर्दै गएका जिल्लास्थित बेकरी उद्योग व्यवसायी सङ्घका अध्यक्ष नरबहादुर गिरीले बताउनुभयो ।

“भारतबाट आयत हुने बेकरी सस्तो हुन्छ, स्वदेशी उत्पादनको गुणस्तर राम्रो भए पनि मूल्यमा प्रतिस्पर्धा गर्न सकिँदैन”, उहाँले भन्नुभयो, “जसले गर्दा उद्योग सञ्चालन गर्न गाह्रो भइरहेको छ ।”

झापा उद्योग सङ्घका अध्यक्ष यमबहादुर श्रेष्ठले कच्चापदार्थ आयातमा बढी भन्सार लगाइँदा स्वदेशी उद्योग सङ्कटमा पर्दै गएका बताउनुभयो ।

“गहुँ आयात गर्दा ४० प्रतिशत कर लाग्छ, तयारी बिस्कुट आयातमा २५ प्रतिशत कर लाग्छ”, उहाँले भन्नुभयो, “सरकारको नीति निर्यातमुखीभन्दा पनि आयातमुखी जस्तो देखिएको छ ।” सरकारले स्वदेशी उद्योग टिक्नसक्ने र स्वदेशी उत्पादन बिक्नसक्ने वातावरण बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

जिल्लास्थित नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष ओमकृष्ण विमलीले राज्य सञ्चालनका लागि ठूलो योगदान गरिसकेको उद्योग-व्यवसायको क्षेत्रलाई विशेष प्राथमिकता दिएर सरकारले नीति बनाउनुपर्नेमा जोड दिनुभयो ।

“विदेशी होइन, स्वदेशी कच्चा पदार्थको प्रयोग गरेर उत्पादन गर्न सकिने उद्योग खोल्नुपर्छ”, उहाँले भन्नुभयो, “सरकारले पनि यसमा सहयोग गर्न आवश्यक छ ।”

घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख प्रेमप्रकाश सापकोटाले पछिल्लो समय बजार अनुगमन गरेर भारतीय बेकरीजन्य वस्तु नष्ट गरिएको बताउनुभयो । “अनुगमन गरेपछि केही हदसम्म समस्या समाधान भएको थियो,” उहाँले भन्नुभयो, “पुनःत्यस्तो समस्या देखिएको छ, अनुगमन गर्छौै ।”

बेकरी उद्योगमा दक्ष कामदार (ओभन मास्टर) को अभाव भएको र भारतीय कामदारको भरमा उद्योग सञ्चालन गर्नुपर्ने बाध्यता रहेको उद्योगी-व्यवसायीले गुनासो गर्दै आएका सापकोटाले बताउनुभयो ।

उहाँले सोको समाधानका लागि कार्यालयले चाँडै ‘ओभन मास्टर’ तालिम सञ्चालन गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो । बेकरी उद्योग सङ्घमा ४७ वटा बेकरी उद्योग आबद्ध छन् । ती उद्योगले पाँच हजारदेखि १० हजार जनालाई प्रत्यक्ष परोक्षरुपमा रोगजारी प्रदान गरिरहेका सङ्घकी सदस्य भीमा शिवाकोटीले जानकारी दिनुभयो ।

उहाँले निरन्तर कच्चापदार्थको मूल्यवृद्धि भए पनि पुरानै दररेटमा उत्पादित वस्तु बिक्री गरिरहेकाले समस्या भइरहेको बताउनुभयो ।

दक्ष कामदार उपलब्ध हुँदा पनि उनीहरुको मागअनुसारको पारिश्रमिक दिनसक्ने अवस्था नरहेको उद्योगी बताउँछन् । भारतबाट अवैधरुपमा आयात हुने बेकरीजन्य वस्तुको नियन्त्रण, दक्ष जनशक्ति उत्पादनका लागि तालिम, स्वदेशी उत्पादनलाई प्रोत्साहन हुनेगरी नीति निर्माण गर्नुपर्ने उनीहरुको माग छ ।  

Tags: #राससउद्योग
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरी घटना : सहिद घोषणाको विवादले एक सातादेखि रवीन्द्र मेहताको शव अस्पतालमै
FEATURE BREAKING

सुनसरी घटना : सहिद घोषणाको विवादले एक सातादेखि रवीन्द्र मेहताको शव अस्पतालमै

by टाकुरा न्यूज । इटहरी
साउन २५, २०८३
0

इटहरी : सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा घाइते भई मृत्यु भएका २२ वर्षीय रवीन्द्र मेहताको शव एक सातादेखि त्रिवि...

बीपी प्रतिष्ठानमा प्यालियेटिभ तथा हस्पिस केयरसम्बन्धी पाँचदिने कार्यशाला सुरु
विविध

बीपी प्रतिष्ठानमा प्यालियेटिभ तथा हस्पिस केयरसम्बन्धी पाँचदिने कार्यशाला सुरु

by टाकुरा न्यूज । इटहरी
साउन २५, २०८३
0

धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोशी प्रदेशमा प्यालियेटिभ तथा हस्पिस केयर (प्रशामक सेवा) विस्तार गर्ने उद्देश्यले पाँचदिने...

इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

साउन २५, २०८३
विपन्न महिलालाई नेकपाको घर उपहार, झापामा आवास अभियानको सुरुआत

विपन्न महिलालाई नेकपाको घर उपहार, झापामा आवास अभियानको सुरुआत

साउन २५, २०८३
‘गरिबी निवारणका लागि प्राङ्गारिक कफीखेती’ कार्यक्रम

कफी खेतीमा भोजपुरको भविष्य खोज्दै किसान, नगरपालिकाको दुई करोडभन्दा बढी लगानी

साउन २५, २०८३
इटहरी–धरानसहितका ठाउँमा खाना पकाउने ग्यासको चरम अभाव

सङ्खुवासभामा ग्यास कालोबजारी, एक व्यवसायीलाई पक्राउ

साउन २५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरी घटना : सहिद घोषणाको विवादले एक सातादेखि रवीन्द्र मेहताको शव अस्पतालमै

सुनसरी घटना : सहिद घोषणाको विवादले एक सातादेखि रवीन्द्र मेहताको शव अस्पतालमै

साउन २५, २०८३
बीपी प्रतिष्ठानमा प्यालियेटिभ तथा हस्पिस केयरसम्बन्धी पाँचदिने कार्यशाला सुरु

बीपी प्रतिष्ठानमा प्यालियेटिभ तथा हस्पिस केयरसम्बन्धी पाँचदिने कार्यशाला सुरु

साउन २५, २०८३
इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

साउन २५, २०८३
विपन्न महिलालाई नेकपाको घर उपहार, झापामा आवास अभियानको सुरुआत

विपन्न महिलालाई नेकपाको घर उपहार, झापामा आवास अभियानको सुरुआत

साउन २५, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1113 shares
    Share 445 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    633 shares
    Share 253 Tweet 158
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    467 shares
    Share 187 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114
  • इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    441 shares
    Share 176 Tweet 110

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.