Sunday, May 17, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home खेलकुद

चर्च ब्वाइजलाई इटहरी गोल्डकपको उपाधि

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र १७, २०८०
in खेलकुद, समाचार
0
चर्च ब्वाइजलाई इटहरी गोल्डकपको उपाधि
263
SHARES
Share on FacebookShare on Twitter

इटहरी : चर्च ब्वाइज युनाइटेड काठमाडौंले इटहरी गोल्डकपको उपाधि हात पारेको छ ।

शनिबार इटहरी रंगशालामा भएको फाइनल खेलमा विभागी टिम त्रिभुवन आर्मी क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइजले उपाधि हात पारेको हो ।

चर्च ब्वाइजका लागि खेलको ४ मिनेटमै राजेश परियारले गोल गरे । निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि चर्च ब्वाइजले १४ औं संस्करणको इटहरी गोल्डकपको उपाधि हात पारेको हो ।

निर्धारित समयमा दुवै टिमबाट गोल गर्ने पटकपटक अवसर आएपनि गोल हुन सकेन । दुवै टिमबाट गोल हुन नसकेपछि उनै राजेशले गरेको गोल नै चर्च ब्वाइजका लागि निर्णायक गोल बन्दै इटहरी गोल्डकपको उपाधि हात पार्न सफल भएको हो ।

खेलको म्यान अफ दि म्याच चर्च ब्वाइजका राजेश परियार घोषित हुँदै नगद १० हजार प्राप्त गरे ।

यसैगरी विधागततर्फ उदयीमान खेलाडीतर्फ राजा क्लबका सुमित चौधरी घोषित हुँदै जुत्ता र मेडल प्राप्त गरे । यस्तै, इटहरीबाट लामो समयसम्म खेल क्षेत्रमा योगदान पुर्याएका उमेश कार्कीलाई नगद ११ हजारसहित पुरस्कृत गरियो ।

यसैगरी खेल अवधिभर उत्कृष्ट गोल गर्ने सगरमाथा युथ क्लब मोरङका विमल घर्ती मगर घोषित भए । उनले खेल अवधिभर २ गोल गरेका थिए । उनलाई नगद २५ हजारसहित पुरस्कृत गरियो ।

यस्तै, बेस्ट फरवार्डमा आर्मीका नवयुग श्रेष्ठ, बेस्ट मिड फिल्डरमा चर्च ब्वाइजका सुरजजीउ ठकुरी, बेस्ट डिफेन्समा आर्मीका जीतेन्द्र कार्की, उत्कृष्ट गोलरक्षकमा चर्च ब्वाइजका दीप कार्की, उत्कृष्ट प्रशिक्षकमा चर्च ब्वाइजकै दर्शन भक्तराज घोषित भए ।

उनीहरूलाई जनही २० हजारसहित मेडल प्रदान गरियो ।

यसैगरी सर्वोत्कृष्ट खेलाडीमा राष्ट्रिय जागृति क्लब (राजा) का मनोज दनुवार घोषित हुँदै नगद एक लाखसहित मेडल प्राप्त गरे ।

खेलको विजेता चर्च ब्वाइजले नगद १० लाखसहित ट्रफी हात पारेको छ भने उपविजेता आर्मीले नगद पाँच लाखमा चित्त बुझाएको छ ।

विजेता तथा उपविजेता टिमलाई कार्यक्रमका प्रमुख अतिथि कोसी प्रदेशका सामाजिक विकास मन्त्री राजेन्द्र कार्की, इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेल, कोसी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेलगायतले पुरस्कार वितरण गरेका थिए ।

आयोजक राष्ट्रिय जागृति क्लब (राजा)का अध्यक्ष सन्त डुम्जनका अनुसार अघिल्लो शनिबारदेखि भएको प्रतियोगितामा भारतसहित आठ टिम सहभागी थिए ।

Tags: #खेलकुदचर्च ब्वाइजफुटबलराजा क्लब
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…
FEATURE BREAKING

तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

by टाकुरा न्यूज । इटहरी
जेष्ठ २, २०८३
0

इटहरी : शनिवार (आज) बिहान इटहरी २० तरहरास्थित जंगलमा घाँस काट्न गएकी एक स्थानीय महिलाले झाडी छेउ असामान्य दृश्य देखिन्। नजिक...

पर्यापर्यटनसहितको पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै वेतना सिमसार
विविध

पर्यापर्यटनसहितको पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै वेतना सिमसार

by रासस
जेष्ठ २, २०८३
0

मोरङ : प्राकृतिक सौन्दर्यले भरिपूर्ण मानिएको वेतना सिमसार पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको छ । पर्यापर्यटनसहितको पर्यटकीय...

हुलाकी राजमार्ग : १२ वर्षमा ७५ प्रतिशत काम सम्पन्न, कहिले पूरा हुन्छ ?

हुलाकी राजमार्ग : एक वर्ष नपुग्दै सडक भत्किन थालेपछि दुर्घटनाको जोखिम

जेष्ठ २, २०८३
इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

जेष्ठ २, २०८३
भोजपुरमा पत्नीको कुटपिटबाट पतिको मृत्यु

भोजपुरमा अनलाइनमार्फत घरमै नक्सा

जेष्ठ २, २०८३
खोटाङमा उभौली : ‘प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामना गरिँदै

साकेला समापन : युवापुस्तालाई मौलिक परम्परा, सामूहिकता र प्रकृति सम्मानको सन्देश

जेष्ठ २, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

जेष्ठ २, २०८३
पर्यापर्यटनसहितको पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै वेतना सिमसार

पर्यापर्यटनसहितको पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै वेतना सिमसार

जेष्ठ २, २०८३
हुलाकी राजमार्ग : १२ वर्षमा ७५ प्रतिशत काम सम्पन्न, कहिले पूरा हुन्छ ?

हुलाकी राजमार्ग : एक वर्ष नपुग्दै सडक भत्किन थालेपछि दुर्घटनाको जोखिम

जेष्ठ २, २०८३
इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

जेष्ठ २, २०८३



लाेकप्रिय

  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    703 shares
    Share 281 Tweet 176
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    652 shares
    Share 261 Tweet 163
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    623 shares
    Share 249 Tweet 156
  • इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

    511 shares
    Share 204 Tweet 128
  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1556 shares
    Share 622 Tweet 389

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.