Monday, June 15, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध अन्तर्वार्ता

‘मोडर्न प्रिपरेटोरीमा बाल मनोविज्ञानलाई ध्यानमा राखेर शैक्षिक विकासका लागि काम गरिरहेका छौँ’ : अन्तर्वार्ता

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र १९, २०८०
in अन्तर्वार्ता, समाचार
0
‘मोडर्न प्रिपरेटोरीमा बाल मनोविज्ञानलाई ध्यानमा राखेर शैक्षिक विकासका लागि काम गरिरहेका छौँ’ : अन्तर्वार्ता
130
SHARES
Share on FacebookShare on Twitter

वि.सं. २०४९ सालदेखि इटहरीमा स्थापित मोडर्न प्रिपरेटोरी सेकेण्डरी स्कुलमा हाल नर्सरी देखि कक्षा १० सम्म अध्यापन हुँदै आएको छ ।
इटहरी ६ मा रहेको यो विद्यालयमा पछिल्लो समय विद्यार्थीको आकर्षण बढ्दो छ ।

नयाँ शैक्षिक सत्र सुरु हुन लागेसँगै विद्यालयका आगामी योजना र लक्ष्य के छन् भन्ने सन्दर्भमा केन्द्रित रहेर विद्यालयका प्रधानाध्यापक मणिकुमार पौडेलसँग गरिएको कुराकानीको सम्पादित अंश :

१. विद्यालयको परिचय संक्षिप्तमा दिनु न ?

अनुशासन, मर्यादा र उत्कृष्टतालाई आफ्नो मूल मन्त्र मान्दै मोडर्न प्रिपेरेटोरी सेकेण्डरी स्कुल, इटहरी र यस आसपासका क्षेत्रको शैक्षिक विकासमा समर्पित एक प्रतिष्ठित शैक्षिक संस्था हो ।

अनुशासन र संस्कारयुक्त शिक्षालाई अभियानको रूपमा अगाडि बढाएको यस विद्यालयले वि.सं. २०४९ सालदेखि कोसी प्रदेश र मधेस प्रदेशका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको छ ।

विद्यालयको ऐतिहासिक पृष्ठभूमिलाई नियालेर हेर्दा इटहरीका पुराना संस्थागत विद्यालयहरूमध्ये मोडर्न प्रिप्रेरेटोरी स्कुल पनि एक हो ।
यस विद्यालयबाट अहिलेसम्म कोसी र मधेस प्रदेशका दशौं हजार विद्यार्थीहरूले विद्यालय तहको शिक्षा लिइसकेका छन् ।

यहाँबाट उत्तीर्ण विद्यार्थीहरु स्वदेश तथा विदेशका प्रतिष्ठित शैक्षिक संस्थाहरुबाट उच्च शिक्षा हासिल गर्न सफल भएका छन् । समग्रमा, मोडर्न प्रिपेरेटोरी स्कुलले स्थानीय शैक्षिक आवश्यकता पूर्तिका लागि निरन्तर रूपमा काम गरिरहेको छ ।

२. विद्यालयका विशेषता केके छन् ?

यस विद्यालयमा राम्रो शिक्षण अनुभव भएका विश्वसनीय र अनुभवी शिक्षकहरू हुनुहुन्छ । शिक्षकहरूलाई थप दक्ष बनाउन ‘इनसर्भिस’ तालिम तथा कार्यशालाहरूको आयोजना गर्ने गरेका छौं । शिक्षा क्षेत्रका सम्बन्धित विज्ञहरूबाट नियमित परामर्श र उत्प्रेरणाका कक्षाहरू सञ्चालन गरिरहेका छौं । जसले विद्यार्थीहरूका शैक्षिक विकासलाई अत्याधिक महत्व दिन्छ ।

विद्यालयले विभिन्न शैक्षिक कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । मल्टिमिडियाको प्रयोग गरेर श्रव्यदृश्य सामाग्रीमार्फत प्रभावकारी रूपमा शिक्षण सिकाइका कामहरू सञ्चालन गरिरहेको छ । पठनपाठनमा आईसीटीको प्रयोग गरिरहेका छौं ।

जसबाट शैक्षिक अवसर विस्तारका साथै सिकाइमा गुणस्तर सुनिश्चित गर्न मद्दत पुगेको छ । पढाउन स्मार्ट बोर्डको प्रयोगले चित्र, रङ र ध्वनिको सम्मिश्रणबाट पढाइ अझ प्रभावकारी भएको छ ।

यसै शैक्षिक सत्रबाट सिकाइलाई आधुनिकीकरण गर्दै ‘लर्निङ म्यानेजमेन्ट सिस्टम’ को प्रयोगबाट पाठ्यक्रमले निर्दिष्ट गरेका विषयमा प्रभावकारी शिक्षणको नीति लिइएको छ । यसको प्रयोगसँगै विद्यार्थीको शिक्षण, सिकाई मजबुत बनेको छ ।

विभिन्न कार्यक्रमहरूमार्फत विद्यार्थीहरूलाई फरक विषयहरूमा ज्ञान, सीप प्रदान गर्दै र विद्यार्थीको सर्वाङ्गीण विकासमा मद्दत गरिरहेको छ । त्यसैगरी, विद्यालयले विद्यार्थीहरूलाई विभिन्न शैक्षिक सुविधाहरू समेत दिइरहेको छ ।

जसले गर्दा विद्यार्थीहरूका शैक्षिक गतिविधिहरूलाई सहज बनाउन मद्दत पुगिरहेको छ । यस विद्यालयले, पाठ्यक्रमले निर्दिष्ट गरेको शिक्षाका उद्देश्यहरू पूरा गर्न विद्यार्थीहरुको शैक्षिक, सामाजिक विकासको सफलताको लागि मिहिन ढंगले काम गर्दै आएको छ ।

विद्यालयले सुविधाजनक शैक्षिक संशाधनहरू प्रदान गरिरहेको छ । जसले शैक्षिक सामग्रीहरूको पहुँच बढेसँगै नानीबाबुहरूको सिकाइ प्रभावकारी भएको छ । हाम्रा विद्यार्थीहरूले शिक्षण सिकाइलाई बोझको रूपमा नभएर उत्सुकतापूर्वक रमाउँदै सिकिरहेका छन् ।

२. अभिभावकहरूले आफ्ना छोरा–छोरीलाई मोडर्न प्रिपेरेटोरीमा नै किन भर्ना गर्ने ?

मोडर्न प्रिपेरेटोरी स्कुलले शिक्षाको लागि बाल मनोविज्ञानलाई ध्यानमा राखेर बालकेन्द्रित दृष्टिकोण अनुसार शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

जसले प्रभावकारी सिकाइका लागि स्वतन्त्रता, अनुशासन र संस्कारयुक्त सिकाइ, आत्म निर्देशित सिकाइ र हातमा सिकाइका अनुभवहरूमा विशेषगरी प्रयोगात्मक सिकाइमा जोड दिन्छ । व्यक्तिगत र सामाजिक व्यवहारका कुराहरू पनि नानीहरूले विद्यालयमै सिक्छन् ।

विद्यालयमा हामीले अभ्यास गरिरहेको सिकाइको दृष्टिकोणले बालबालिकाहरूलाई आफ्नै गतिमा सीपको विकास गर्न र उनीहरूको आफ्नै रुचि र प्रतिभा पत्ता लगाउन प्रोत्साहन गर्दै आएको छ । यस अभ्यासका कारण जीवनभरका लागि नानीबाबुहरूको सिकाइ प्रभावकारी हुन्छ ।

विद्यालयले प्रायः विविध र बहुसांस्कृतिक सिकाइ वातावरण प्रदान गर्दै आएको छ । जसले नानीबाबुहरूलाई उनीहरूको वरपरको वातावरण बुझ्न, उक्त वातावरणमा घुलमिल हुन, प्रकृति र प्रशंसा विकास गर्न मद्दत गर्दछ ।

त्यसैले मोडर्न प्रिपेरेटोरी स्कुल अभिभावकका लागि आफ्ना नानीबाबुहरूको विद्यालय शिक्षाको मजबुत जग हाल्नका लागि र समग्र शैक्षिक विकासका लागि उत्कृष्ट छनौट हो ।

४. विद्यालयमा पाठ्यक्रम बाहेकका केके सिकाइ हुन्छन् ?

हामीकहाँ पाठ्यक्रमबाहेक अतिरिक्त र व्यवहारिक शिक्षालाई जोड दिँदै आएका छौं । बालबालिकाहरूले उमेर अनुसार जान्नुपर्ने व्यवहार, प्रस्तुति, सीप, अनुशासन र कर्तव्यका कुराहरू सिक्नुपर्छ भन्नेमा हाम्रो मुख्य जोड रहेको छ ।

जसका लागि नियमित रूपमा विभिन्न कार्यशालाहरू, रुचीअनुसार विभिन्न विषय र क्षेत्रसँग सम्बन्धित क्लबहरूका कार्यक्रमहरू, फरक किसिमका शैक्षिक र अध्ययन भ्रमणहरू, प्रदर्शनी र विभिन्न विधाका प्रतियोगिताहरू नियमित रूपमा सञ्चालन हुन्छन् ।

हामीकहाँ पाठ्यक्रम अन्तर्गतकै पनि प्रयोगात्मक अभ्यासहरू धेरै हुन्छन् । जस्तैः सामाजिक अध्ययन अन्तर्गत ठूला कक्षाका विद्यार्थीहरूले निर्वाचन लगायतका विषयमा पढ्नुपर्छ ।

उदाहरणका लागि, त्यसको सैद्दान्तिक कक्षासँगै अभ्यासको रूपमा निर्वाचन आयोगको कार्यविधिलाई आधार बनाएर हामीले स्कुल क्याप्टेन, भाइस क्याप्टेनहरूको भोटिङ नै गराउँछौ । जहाँ संसदको अभ्यास पनि हुन्छ । जसले विद्यार्थीमा निर्वाचनबारे पनि थाहा हुन्छ । हाम्रो स्कुलको फेसबुक पेजमा गएर ती क्रियाकलाप हेर्न सकिन्छ ।

हाम्रो विद्यालयले नेपाल प्रहरीको सहयोगमा लागूऔषध दुव्र्यसन, साइबर सुरक्षा लगायतका विषयमा श्रव्य दृश्यसहितको सचेतना कक्षाहरू र अन्तरक्रियाहरु सञ्चालन गरिरहेको हुन्छ । सशस्त्र प्रहरीसँगको सहकार्यमा विपद् व्यस्थापनका विषयमा प्रशिक्षण र अभ्यासहरू सञ्चालन भइरहेका छन् ।

समाजका विभिन्न क्षेत्रहरू जस्तैः सामाजिक, साहित्यिक, वैज्ञानिक, राजनीतिक लगायतका क्षेत्रहरूको प्रतिनिधित्व गर्ने व्यक्तित्वहरूसँग नियमित अन्तरक्रिया कार्यक्रमहरू आयोजना गर्नेजस्ता काम विद्यार्थीहरूले नै गर्दै आएका छन् ।

त्यसैगरी, समाजका सबै समुदायका विद्यार्थीहरूको उपस्थितिले हामी उत्साहित छौँ । यो अवस्थाको सदुपयोग गर्दै हामीले नानीबाबुहरूलाई आफ्नो मौलिक भेषभूषा र संस्कृतिप्रति अभ्यस्त बनाउँदै अपनत्वको भावना बढाउन विभिन्न गतिविधिहरू सञ्चालन गरिरहेका छौँ ।

यसले नयाँ पुस्तालाई आफ्नो समुदायको पहिचान र मौलिकताप्रति गौरव गर्न सिकाउँछ भने एक अर्काको भेषभूषा र संकृतिको बारेमा जानकारी गराउंदै फरक संस्कृतिको सम्मान गर्न सिकाउँछ । जसले गर्दा बालबालिकामा सामाजिक सहिष्णुता र अनेकतामा एकताको भावना जागृत गराउन महत्वपूर्ण भूमिका खेलेको छ ।

पाठ्यपुस्तक बाहेकका क्रियाकलापका लागि विद्यालयमा रहेका मोडर्न बाल क्लब, मोडर्न आर्ट एण्ड लिटरेचर क्लब, मोडर्न ट्राभल एण्ड टुरिजम क्लब, मोडर्न इन्भायरोमेन्ट एण्ड सेनिटेसन क्लब, मोडर्न सोसल वेलफेयर क्लब, जुनियर रेडक्रस सर्कल, स्काउट तथा एनसीसीका क्याडेटहरूको सक्रियतामा सामाजिक कार्यहरूमा विद्यार्थीहरू सहभागी हुन्छन् । इटहरीमा क्रियाशील रहेका सामाजिक संघ संस्थासँगको सहकार्यमा सामाजिक गतिविधिहरूमा समेत सक्रिय बनाइरहेका छौँ ।

विद्यालयमा विद्यार्थीहरूकै सक्रिय सहभागिता र नेतृत्वमा आवधिक रूपमा विद्यालयमा विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरू र प्रदर्शनीहरू समेत सञ्चालन हुन्छन् । जसले विद्यार्थीलाई नेतृत्व विकाससँगै सिकाइप्रति अभिप्रेरित गर्दै प्रतिस्पर्धी भावनाको विकास गराउन मद्दत गर्ने कार्यक्रमहरू सञ्चालन गरिरहेका छौं ।

५. विद्यार्थी आकर्षित गर्न कुन रणनीति अपनाइएको छ ?

हामी विद्यालय सञ्चालन गरिरहेका छौं भन्ने कुरामा सचेत छौं । अनुशासन र संस्कारसहितको प्रयोगात्मक अभ्यासमा आधारित शिक्षण सिकाइमा हाम्रो मुख्य जोड छ ।

विद्यालय भनेको विद्याको पवित्र मन्दिर हो । हामीले गरेको कामको मूल्यांकन अभिभावकहरूले, समाजले गरिरहनुभएको हुन्छ ।

हामी हाम्रो कामबाटै विद्यार्थी आकर्षित हुन् भन्ने चाहन्छौं । हाम्रो रणनीति नै सिकाइलाई प्रभावकारी बनाउन हामीले गरेका कामको गुणस्तर र अभ्यासहरू समाजमा पुगोस्, अभिभावकले थाहा पाउनुहोस् ।

अभिभावक र समाजको साथ विद्यालयले पावस् भन्ने हो । मुख्य कुरा काम नै हो । विद्यार्थीहरूको क्षमता अभिबृद्दिसँगै प्रयोगात्मक कक्षामा पनि हाम्रो प्राथमिकता छ ।

६. अन्त्यमा के भन्नुहुन्छ ?

आजका स्कुले विद्यार्थी भनेका भोलिका कर्णधार हुन् । त्यसैले, मोडर्न प्रिपेरेटोरी स्कुल विद्यालयमा हुने शिक्षण सिकाइ अनुशासन र संस्कारयुक्त हुनुपर्छ भन्ने कुरामा दृढ छ ।

अनुशासित र मर्यादित भएर गरिने अभ्यास र मेहनतले मात्र जीवनमा उत्कृष्टता हासिल गर्न सकिन्छ भन्ने कुरालाई व्यवहारिक रूपमा सिकाउँदै आएका छौं । यो अत्यन्तै महत्वपूर्ण कुरा हो ।

नानीबाबुहरूको शैक्षिक, सामाजिक स्तरोन्नतिका निम्ति हामी सचेत छौँ । विद्यार्थीको उज्ज्वल भविष्यका लागि विद्यालय र अभिभावक मिलेर काम गर्नुपर्छ । यसमा अभिभावकको भूमिका असाध्यै महत्वपूर्ण छ । अभिभावकका लागि अभिभावक शिक्षामा पनि हामीले काम गरिरहेका छौं ।

अन्त्यमा, छोराछोरीलाई विद्यालय पठाएर मात्र अभिभावकको दायित्व पूरा हुँदैन । विद्यालयसँगको नियमित सम्पर्क र सहकार्यमा विद्यार्थीको सर्वाङ्गीण विकासका लागि काम गर्नुपर्छ ।

आफ्ना बालबालिकाको शिक्षा, दीक्षाको विषयमा अभिभावकले सक्रियतापूर्वक चासो राख्ने गर्नुपर्छ । यसले गर्दा अभिभावक र विद्यालयबीचको सम्बन्धका कारण विद्यार्थीमा पनि थप उत्प्रेरणा मिल्छ ।

Tags: अन्तर्वार्तामणिकुमार पौडेलमोडर्न प्रिपेरेटोरीशिक्षा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ
समाचार

सुनसरीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
जेष्ठ ३१, २०८३
0

इटहरी : सुनसरीको इनरुवा नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गबाट प्रहरीले ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ। आइतबार दिउँसो १ः४० बजेतिर अस्थायी...

विपद् उद्धारका लागि सशस्त्र प्रहरीलाई रोट्याक्टको सहयोग
विविध

विपद् उद्धारका लागि सशस्त्र प्रहरीलाई रोट्याक्टको सहयोग

by टाकुरा न्यूज । इटहरी
जेष्ठ ३१, २०८३
0

इटहरी : रोट्याक्ट क्लब अफ इटहरीले सशस्त्र प्रहरी बल नेपाल नं. १ वराहा वाहिनी मुख्यालय, पकलीलाई विपद् व्यवस्थापन तथा उद्धार...

भोजपुरको पर्यटकीय क्षेत्र सुन्तले

भोजपुरको पर्यटकीय क्षेत्र सुन्तले

जेष्ठ ३१, २०८३
इटहरीमा हात्ती आतंक, रातभर अन्धकारमा जाग्राम बस्छन् स्थानीय

झापामा मानव–हात्ती द्वन्द्व : दोहोरियो मृत्यु, समाधान अझै भएन

जेष्ठ ३१, २०८३
इटहरीबाट बराहक्षेत्र गएका मामा–भाञ्जालाई सप्तकोशी नदीले बगायो, भाञ्जालाई बगाएछि मामा बचाउन गएका थिए

आस्थाको यात्रामै मोरङका धर्मप्रसादको जीवनयात्रा टुंगियो

जेष्ठ ३१, २०८३
ज्याला वृद्धिको माग गर्दै चिया श्रमिकले गरे प्रदर्शन

भारतीय बजारमा नेपाली चिया रोकावट, किसानको भान्सा संकटमा

जेष्ठ ३१, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

सुनसरीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

जेष्ठ ३१, २०८३
विपद् उद्धारका लागि सशस्त्र प्रहरीलाई रोट्याक्टको सहयोग

विपद् उद्धारका लागि सशस्त्र प्रहरीलाई रोट्याक्टको सहयोग

जेष्ठ ३१, २०८३
भोजपुरको पर्यटकीय क्षेत्र सुन्तले

भोजपुरको पर्यटकीय क्षेत्र सुन्तले

जेष्ठ ३१, २०८३
इटहरीमा हात्ती आतंक, रातभर अन्धकारमा जाग्राम बस्छन् स्थानीय

झापामा मानव–हात्ती द्वन्द्व : दोहोरियो मृत्यु, समाधान अझै भएन

जेष्ठ ३१, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1505 shares
    Share 602 Tweet 376
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1427 shares
    Share 571 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    904 shares
    Share 362 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    614 shares
    Share 246 Tweet 154
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    391 shares
    Share 156 Tweet 98

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.