तरहरामा रहेको एकता युवा क्लव सामाजिक काममा सक्रिय बन्दै गएको छ ।
क्लबका अध्यक्ष सुरेश गुरुङका अनुसार इटहरी २० तरहराको एकता मार्गमा यहाँका सक्रिय युवाहरुले रोड मार्किंङ कलर गर्ने कार्य सप्पन्न गरेका छन् ।
करीब १ किलोमिटर कालोपत्रे सडकमा समेत आफैँले रङ लगाएर रोड मार्किंग गरिएको हो ।

यसअघि पनि क्लवले तरहरामा विभिन्न सरसफाईका कार्यक्रम गर्दै आएको उनले बताए ।
सामाजिक क्षेत्रमा युवाहरुलाई अग्रसर गराउँने उदेश्यले एकता युवा क्लब लागि परेको छ, उनले भने, आगमी दिनमा पनि युवाहरुलाई सामाजिक काम गर्नका लागि हामी प्रेरित गर्नेछौँ ।

















Discussion about this post