झापा : झापामा दुवै दाह्रा काटिएको अवस्थामा जङ्गली हात्ती मृत फेला परेको छ ।
मेचीनगर नगरपालिका १२ स्थित कालीका सामुदायिक वनभित्र मङ्गलवार साढे ४ बजेतिर हात्ती मृत भेटिएको जानकारी प्राप्त भएको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले जानकारी दिए ।
हात्ती मृत भेटिएको स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
हात्तीको दुवै दाह्रा काटिएको अवस्थामा हात्तीको अवस्था पाइएकोले घटनाको विस्तृत विवरण पोस्टमार्टम गरेपछि मात्र खुल्ने वन प्रमुख राईले बताए ।
Discussion about this post