Sunday, May 3, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध फाेटाे फिचर

सिलिचुङ चुचुरोमा सुम्निमा–पारुहाङ र साल्पा पोखरीमा नछुङको प्रतिमा स्थापना

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख ११, २०८१
in फाेटाे फिचर, भिजिट नेपाल, समाचार
0
सिलिचुङ चुचुरोमा सुम्निमा–पारुहाङ र साल्पा पोखरीमा नछुङको प्रतिमा स्थापना
124
SHARES
Share on FacebookShare on Twitter

भोजपुर : सृष्टिको उत्पत्ति केन्द्र, मुन्दुमको प्राण, साल्पा–सिलिचुङ क्षेत्र तथा पर्यटकीयस्थल सिलिचुङमा किराती पूर्खा ‘सुम्निमा–पारुहाङ’ को प्रतिमा स्थापना गरिएको छ । साथै साल्पा पोखरी छेउमा नछुङ (धामी) को प्रतिमा स्थापना गरिएको छ ।

खोटाङ, भोजपुर, सङ्खुवासभा र सोलुखुम्बुको सिमानामा रहेको सिचिलुङमा सुम्निमा र पारुहाङ तथा साल्पा पोखरीमा नछुङको प्रतिमासमेत स्थापना गरिएको छ ।

साल्पा सिलिचुङ सरोकार संरक्षण तथा प्रवद्र्धन केन्द्र अन्तर्राष्ट्रिय समितिको आयोजना र साल्पा सिलिछो गाउँपालिकाको संरक्षण तथा सह–आयोजनामा यही २०८० बैशाख ७ गते बिहान ६ः३० बजे ‘सुम्निमा–पारुहाङ’ को प्रतिमा र बिहान करिब ११ बजे नछुङ (धामी) को प्रतिमा अनावरण गरिएको थियो ।

उक्त्त अवसरमा राति २ बजे बेस क्याम्पबाट २ सय जनाभन्दा बढी किराती धर्म, सभ्यता र संस्कृतिमाथि आस्था राख्ने ‘सुम्निमा–पारुहाङका सन्तति र दर्जनभन्दा बढी लेखक पत्रकार सिलिचुङ चुचुरोमा पुगेका थिए ।

किरात समुदायको सांस्कृतिकस्थल मानिने साल्पा सिलिचुङमा देश विदेशबाट सङ्कलित रकमबाट सुम्निमा पारुहाङ र नछुङको प्रतिमा निर्माण गरिएको आयोजक साल्पा सिलिचुङ सरोकार संरक्षण तथा प्रवद्र्धन केन्द्र अन्तर्राष्ट्रिय समितिले जनाएको छ ।

प्रतिमाको अनावरण प्रमुख अतिथि निवर्तमान पर्यटनमन्त्री सुदन किराती र आयोजक साल्पा सिलिचुङ सरोकार संरक्षण तथा प्रवद्र्धन केन्द्र अन्तर्राष्ट्रिय समितिका अध्यक्ष राजेन खिम्बुले राईले गरेका हुन् ।

‘साल्पा र सिलिचुङ किरातीहरुको मुन्दुम तथा रिसियामा आउँछ ।यसलाई संरक्षण र प्रवद्र्धन गर्दै विश्व सम्पदा सूचीमा सूचिकृत गर्ने उद्देश्य राखिएको छ’, प्रतिमा अनावरण गर्दै भोजपुरका संघीय सांसदसमेत रहेका पूर्व मन्त्री किरातीले भने, ‘किराती धामीले साल्पालाई नाग देवता बस्ने थलो र सिलिचुङलाइ किरातीहरुले सृष्टिसँग जोडिएको ठाउँको रुपमा विश्वास गर्छन् ।’

साल्पा सिलिचुङ किरातीको मुन्दुमी तथा सांस्कृतिक स्थल भएकाले संरक्षण र प्रवद्र्धन गर्न प्रतिमा स्थापना गरिएको समितिका अध्यक्ष राजेन खिम्बुले राईले बताए ।

उनले भने, ‘साल्पा सिलिचुङको विकासका लागि तयार पारिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार साल्पा सिलिचुङ परिसरमा सुम्निमा–पारुहाङका साथै मुन्दुमी पात्रहरुको मूर्ति तथा प्रतिमा, वाबुक (चिण्डो) आकारको मुन्दुमी गेट (प्रवेशद्धार), माङ्खिम तथा मुन्दुम सङ्ग्रहालय लगायतका भौतिक संरचना निर्माण गरिनेछ ।’

प्रतिमा स्थापना कार्यक्रमका लागि यही वैशाख ५ गते सरोकारवाला साल्पा सिलिचुङ पुगेका थिए । मुन्दुमविद तथा धामी–झाँक्रीको टोलीले वैशाख ६ र ७ गते वृहत कार्यक्रम गरेर प्रतिमा स्थापना गरेका हुन् ।

सृष्टिको उत्पत्ति केन्द्र मुन्दुमको प्राण, साल्पा–सिलिचुङ संरक्षण हाम्रो अभियान’ भन्ने नाराका साथ सुरु गरिएको अभियानमा नेपालसहित बेलायत, हङकङ, कोरिया, अमेरिका, अस्ट्रेलिया, जापान, इजरायललगायत विश्वभर रहेका नेपाली जोडिएका छन् ।

कार्यक्रममा साल्पा सिलिछो गाउँपालिकाका अध्यक्ष दौलथ कुलुङ, युनाइटेड मंगोल अर्गनाइजेसन अमेरिकाका सल्लाहकार सुरेश चाम्लिङ राई, किरात राई यायोक्खा युके अध्यक्ष योगेश कोयी राई, किरात राई यायोक्खा केन्द्रिय सदस्य किवाङहाङ राई, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान कुलपती नारदमणी हार्ताम्छाली, खोटाङ जिल्ला समन्वय समितिका संयोजक सन बहादुर राई तथा संस्कृति विद चतुरभक्त राईले आ–आफ्नो धारणा राखेका थिए ।

के छ साल्पा सिलिचुङको साँस्कृतिक महत्व ?

साल्पा पोखरी ३४४४ मी. (डा. हर्क गुरुङ) अग्लो ठाउँ, सिलिचोङ (४१५३ मी.) डाँडाको छेउको दक्षिण–पश्चिममा स्थित भएर–पोखरीको छेउको अर्को डाडासँग जोडी बनेको ठाउँ, परापूर्वकालमा जब किराती समुदायहरु वनजंगलमा शिकारी र कन्दमूल खोज्दै घुम्थे, त्यतिबेला आजको जस्तो हवाइजहाज, मोटरबाटो र पुल–पुलेसा नै थिएन, त्यही गौँडा कटेर पूर्व पश्चिम र उत्तर–दक्षिण ओहोरदोहर गर्ने सामरिक महत्वको केन्द्रविन्दु रहेको थियो ।

उक्त कुरा किरात मुन्दुममा माङलुङ र सामेबारे माङ्पाहरु अर्थात् होमे–विजुवाहरुले रिसिया फलाक्दा (पुकार्दा) गरिने पद्यांश पाठबाट पनि बुझ्न सकिन्छ भने त्यस्तै उक्त भौगोलिक सेरोफेरोको ठाउँ/नाउँको आधारमा हेर्दा पनि उक्त तथ्यको पुष्टि गर्न सकिने केही आधार पाइन्छ ।

जस्तो, साम्फेलुङ (साम्पाङ), सावापा (सालपा), लौरेठोक्रे माङ्युङ् (मैँयू), सावा–हे (साउने), सिलिचोङ (च्वहँ), पा–खाम–वा (पखुवा) आदि जस्ता किराती विशेषतः राईहरुको मुन्धुम खुवालुङबाट पुकार्दै लगिने रावा–सावा खोला हुँदै महाकुलुङ (सोलुखुम्बु) तथा यता तल्लो खोला क्षेत्रबाट मैयूँ कटेर, लौरेडाँडामा लौरो बिसाई साल्पापोखरीको पानी खाँदै त्यो गौडा छेउछाउको सिकार, कन्दमुल चहारेर यता अरुण फाँटको ओरालो, सालेवा–दोभाने हुँदै तिङ्ला (दिङ्ला) छेउछाउ मझुवा (मझिया) बन्दै खोरिया फाँडी वस्ती बसालेको कुरा उठ्छ ।

मरेको व्यक्तिको रुङ्री (हंस. आत्मा) लाई चा–वा–लुङ. चोँमो–लुङ (सगरमाथा), फाक्ता .सा)–लुङ (कञ्चनजङ्गा) र तावा (या)–लुङ (अन्नपूर्ण गौरीशंकर) हिमालतिर फर्काउँदा पनि त्यही लाम–तुप्ला (मृत्युलाई बाटो देखाउने) गरिन्छ, जुन हिमालहरुको प्रतीक पनि तीन चुला (सुप्तुलुङ) लाई नै मानिन्छ किरात संस्कृतिमा ।

पहिलेपहिले मानवविकासको पूर्वचरणमा आजको जस्तो टोल–गाउँघरमा खानेपानीको नाला–धारो र खेतीपातीको सुरु थिएन, त्यतिबेला जनसंख्या थोरै र जीवन पनि जंगली जनावरझैँ थियो ।

बासस्थानको कुरा पनि प्राकृतिक–भौगोलिक अवस्थामा पूर्ण भर पर्नुपर्ने हुँदा मान्छेलाई चाहिने आधारभूत खाद्यवस्तु शिकार (मासु) फलफूल–सागपात (कन्दमुल) साथै पानी–आगोको आवश्यकता पनि त्यहीबाट हुने गर्दथ्यो ।

उक्त कुराको पूर्ति गर्न बासको लागि ओडार, ठूला रुख तथा वनजंगल र खानाको लागि पानीको नदी, नाला, खोला तालतलैया तथा पोखरी, सिमसार जस्ता ठाउँमा सबैभन्दा अनुकूल हुने गरी मानव समुदायले विचरण र जीवन निर्वाह गर्दथे ।

त्यस्तै आगोको लागि सीँ (यूँ–पत्थर) र हतियारको लागि बज्रढुंगा र भालाको जगेडा पनि गर्ने गर्दथ्यो । यही सन्दर्भले नै यो सिलिचुङ डाँडा र साल्पा पोखरीको इतिहास पूर्व किरात संस्कृतिमा विशेष महत्व छ ।

साल्पा–सिलिचुङको अध्ययन तथा अनुसन्धानका लागि अनुसन्धान उपसमिति गठन र अनुसन्धानात्मक कृति प्रकाशन यसअघि साल्पा–सिलिचुङको अध्ययन तथा अनुसन्धानका लागि अनुसन्धान समितिसमेत गठन गरिएको थियो ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्ताम्छाली, मुन्दुम अध्येताहरु चन्द्र हतुवाली, भोगिराज चाम्लिङ, सालिक शतासक राई र डा. तारामणि राई उक्त अनुसन्धान समितिमा रहेका छन्। साल्पा सिलिचुङ अध्ययन तथा अनुसन्धान उपसमितिले यही २०८० बैशाख १४ गते साल्पा सिलिचुङबारे अनुसन्धानात्मक कृति ‘साल्पा सिलिचुङ सिलिछो मुन्दुमी मिथक र विश्वास’को विमोचन गरिने कार्यक्रम समेत तय भएको छ ।

उपसमितिले प्रकाशन गरेको उक्त्त अनुसन्धानात्मक कृतिमा संयोजकः नारादमणी हार्ताम्छाली, सदस्य सचीवः शालिक सताषक राई, सदश्यहरु क्रमशः डा. तारामणी राई, भोगीराज चाम्लिङ, चन्द्र हतुवाली, चतुरभक्त राई, कमलजंग राई, अजय अलाङ्कार कुलुङ, भद्रगोल किराती, प्रविण पुमा लगायतका लेखखका लेख रचना समेटिएका छन् ।

Tags: #पर्यटन#भिजिट नेपाल#भोजपुर
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

दोस्रो तरहरा राष्ट्रव्यापी कविता प्रतियोगितामा मोरङका विशाल प्रथम 
कला साहित्य

दोस्रो तरहरा राष्ट्रव्यापी कविता प्रतियोगितामा मोरङका विशाल प्रथम 

by टाकुरा न्यूज । इटहरी
बैशाख २०, २०८३
0

इटहरी : दोस्रो तरहरा राष्ट्रव्यापी कविता प्रतियोगितामा मोरङका विशाल साह प्रथम भएका छन्। श्री जनसहयोग माध्यमिक विद्यालय, इटहरी २० तरहराको २०५०...

मोरङमा एक पुरुष मृत भेटिए
FEATURE BREAKING

खोटाङमा भीरबाट लडेर दुई जनाको घटनास्थलमै मृत्यु

by टाकुरा न्यूज । इटहरी
बैशाख १९, २०८३
0

खोटाङ : खोटाङको बराहापोखरी गाउँपालिका–५ पौवासेरामा भीरबाट लडेर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा ५२ वर्षीय बमबहादुर राई र...

नोबेल अस्पतालमा नाकको शल्यक्रिया गर्दा इटहरीका बालकले गुमाए आँखाको ज्योति

नोवेल हस्पिटलमा शल्यक्रियापछि बिरामीको मृत्यु, अस्पताल परिसर तनावग्रस्त

बैशाख १९, २०८३
विराटनगरमा पत्रकारसहित २३ जनामा कोरोना पुष्टि

एक सय रुपैयाँभन्दा बढीको सामानमा भन्सार नियमले चलायमान बन्दै विराटनगरको बजार

बैशाख १९, २०८३
झापामा चालकको लापरबाहीले बढ्यो सवारी दुर्घटना

‘संसारकै सानो वनखण्ड’का रूपमा परिचित सिमसार क्षेत्र सङ्कटमा

बैशाख १९, २०८३
हर्क साम्पाङको प्रश्न : सहकारी पीडितबारे घण्टी पार्टीको एजेण्डा के हो ?

हर्क साम्पाङको टिप्पणी – ‘अब भगवानले पनि धनीपूर्जा बनाएर धर्तीमा आउनुपर्ने भयो’

बैशाख १९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

दोस्रो तरहरा राष्ट्रव्यापी कविता प्रतियोगितामा मोरङका विशाल प्रथम 

दोस्रो तरहरा राष्ट्रव्यापी कविता प्रतियोगितामा मोरङका विशाल प्रथम 

बैशाख २०, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

खोटाङमा भीरबाट लडेर दुई जनाको घटनास्थलमै मृत्यु

बैशाख १९, २०८३
नोबेल अस्पतालमा नाकको शल्यक्रिया गर्दा इटहरीका बालकले गुमाए आँखाको ज्योति

नोवेल हस्पिटलमा शल्यक्रियापछि बिरामीको मृत्यु, अस्पताल परिसर तनावग्रस्त

बैशाख १९, २०८३
विराटनगरमा पत्रकारसहित २३ जनामा कोरोना पुष्टि

एक सय रुपैयाँभन्दा बढीको सामानमा भन्सार नियमले चलायमान बन्दै विराटनगरको बजार

बैशाख १९, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1537 shares
    Share 615 Tweet 384
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    648 shares
    Share 259 Tweet 162
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    609 shares
    Share 244 Tweet 152
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    469 shares
    Share 188 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    387 shares
    Share 155 Tweet 97

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.