टाकुरा न्युज
Thursday, May 15, 2025
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

निर्वाचनका कारण पूर्वी नाका बन्द

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : बैशाख १२, २०८१
0
पूर्वी नाकाबाट चार करोडको १४ प्रकारका जडीबुटी निर्यात
71
SHARES
Share on FacebookShare on Twitter

झापा : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका सिमानाका मंगलबार साँझ ६ बजेदेखि ७२ घण्टाका लागि बन्द गरिएका छन् ।

भारतमा यही वैशाख १४ गते हुने दोस्रो चरणको लोकसभा निर्वाचनका लागि भारतीय आग्रहमा नेपाली नाका बन्द गरिएका हुन् । बन्द अवधिमा सर्वसाधारण र सवारी साधनको आवतजावत निषेध हुने स्थानीय प्रशासनले जनाएको छ ।

झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले काँकडभिट्टा, भद्रपुर, टाघनडुब्बा र गौरीगञ्ज नाका उक्त अवधिमा बन्द रहने जानकारी दिए । आज साँझ ६ बजे बन्द भएका ती नाका वैशाख १४ गते साँझ ६ बजे खुल्ने भएका छन् ।

भारतमा लोकसभाको दोस्रो चरणको निर्वाचन पश्चिम बङ्गालको दार्जीलिङ र विहारको किसनगञ्ज जिल्लामा यही वैशाख १४ गते एकैदिन हुँदैछ । भारतका दुवै जिल्ला झापासँग सीमा जोडिएका छन्

उक्त अवधिमा नाकाबाट अति जरुरीबाहेक सर्वसाधारण र सवारी साधनको आउजाउ पूर्णतया बन्द हुने प्रमुख जिल्ला अधिकारी बाँस्तोलाले बताए । उनले मतदानबाहेकका दिनमा अत्यावश्यक एम्बुलेन्स र हवाई सेवा प्रयोगकर्तालाई भने छुट दिइने जानकारी दिए ।

खुला सीमाका कारण चुनावका बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले भारतीय सुरक्षा निकायको आग्रहमा सिमानाका बन्द गर्ने विगतदेखिकै प्रचलन रहेको प्रजिअ बाँस्तोलाले बताए ।

नेपालमा चुनाव हुँदासमेत भारतीय पक्षले उसको सिमानाका बन्द गर्ने गरेको उनले बताए । चुनाव लक्षित नाका बन्दका बेला सीमाको दशगजा क्षेत्रमा दुवै देशका सुरक्षाकर्मीले संयुक्त गस्ती गर्ने जनाएका छन् ।

भारतको दार्जीलिङ जिल्लासँग झापासँगै इलामको समेत सीमाले छोएको छ । उक्त अवधिमा इलामको पशुपतिनगर र मानेभञ्ज्याङ नाका बन्द गरिने बताइएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार भारतको पश्चिम बङ्गालको दार्जीलिङ, रायगञ्ज र बलुरघाट निर्वाचन क्षेत्रमा वैशाख १४ गते मतदान हुनेछ । सोही दिन विहार प्रान्तको किसनगञ्ज, पूर्णिया, कटिहार, भागलपुर र बाङ्का निर्वाचन क्षेत्रमा मतदान हुनेछ ।

Tags: नाकापूर्वी नाकाबन्द

Related Posts

मानव स्वास्थ्य, पशुपंक्षी र वातावरण संरक्षणका लागि सर्वपक्षीय सहकार्य आवश्यक
समाचार

मानव स्वास्थ्य, पशुपंक्षी र वातावरण संरक्षणका लागि सर्वपक्षीय सहकार्य आवश्यक

by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : जेष्ठ १, २०८२
0

विराटनगर : भौतिक पूर्वाधार विकास एवं स्वास्थ्य मन्त्री भूपेन्द्र राईले मानव स्वास्थ्य, पशुपंक्षी र वातावरण संरक्षणाका लागि सर्वपक्षीय सहकार्य र...

सिरुवाको शुभकामना दिदैँ मुख्यमन्त्री कार्कीले भने – ‘मौलिक पर्वहरूले देशविदेशमा रहेकाहरूलाई आकर्षित गर्छ’
FEATURE BREAKING

अचम्मको नियम : कोशीका मुख्यमन्त्री भेट्दा मोबाइल बोक्न नपाइने

by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : जेष्ठ १, २०८२
0

इटहरी : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई भेट्दा मोबाइल फोन बोक्न नपाइने भएको छ । कार्कीले आफूलाई भेट्न आउने मानिसले...

इटहरीमा करेन्ट लागेर एकको मृत्यु

मोरङ : विवाहमा गएका दुई महिलाको करेन्ट लागेर मृत्यु

प्रकाशित मिति : जेष्ठ १, २०८२
मोरङको बेलबारीका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

मोरङको बेलबारीका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

प्रकाशित मिति : जेष्ठ १, २०८२
कञ्चनजङ्घा क्षेत्रमा पर्यटक बढेसँगै व्यवसायी उत्साहित

कञ्चनजङ्घा हिमाल हेर्न माईजोगमाईमा पर्यटकको चहलपहल

प्रकाशित मिति : जेष्ठ १, २०८२
सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर एक पुरुषको मृत्यु

पाँचथरमा आफैँले बोकेको भरुवा बन्दुक पड्किएर एकको मृत्यु

प्रकाशित मिति : जेष्ठ १, २०८२

Discussion about this post

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मानव स्वास्थ्य, पशुपंक्षी र वातावरण संरक्षणका लागि सर्वपक्षीय सहकार्य आवश्यक

मानव स्वास्थ्य, पशुपंक्षी र वातावरण संरक्षणका लागि सर्वपक्षीय सहकार्य आवश्यक

प्रकाशित मिति : जेष्ठ १, २०८२
सिरुवाको शुभकामना दिदैँ मुख्यमन्त्री कार्कीले भने – ‘मौलिक पर्वहरूले देशविदेशमा रहेकाहरूलाई आकर्षित गर्छ’

अचम्मको नियम : कोशीका मुख्यमन्त्री भेट्दा मोबाइल बोक्न नपाइने

प्रकाशित मिति : जेष्ठ १, २०८२
इटहरीमा करेन्ट लागेर एकको मृत्यु

मोरङ : विवाहमा गएका दुई महिलाको करेन्ट लागेर मृत्यु

प्रकाशित मिति : जेष्ठ १, २०८२
मोरङको बेलबारीका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

मोरङको बेलबारीका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

प्रकाशित मिति : जेष्ठ १, २०८२



लाेकप्रिय

  • तरहरा : घरमा पानी हाल्ने क्रममा छतबाट लडेर असईको मृत्यु

    तरहरा : घरमा पानी हाल्ने क्रममा छतबाट लडेर असईको मृत्यु

    2424 shares
    Share 970 Tweet 606
  • विराटनगरमा स्कुल हिँडेका बालकको गेटले किचेर मृत्यु

    2409 shares
    Share 964 Tweet 602
  • धरानमा ब्राउनसुगर र ट्याबलेटसहित तीन युवक पक्राउ

    1796 shares
    Share 718 Tweet 449
  • इटहरीकी दाहालको हत्या प्रकरण : मोटरसाइकलमा लगे, ब्यागको फिताले घाँटी कसे (भिडिओसहित)

    1189 shares
    Share 476 Tweet 297
  • तरहरामा ग्याङ फाइट, घाँटीमा धारिलो हतियार प्रहार

    1039 shares
    Share 416 Tweet 260
Facebook Instagram Youtube RSS

कम्पनी दर्ता नं. 
२४२४५३/०७७/०७८
स्थायी लेखा नं. 
६०९८०१८८०
प्रेस काउन्सिल सूचीकृत नं. 
२६९/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं. 
२०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com

हामीसँग जाेडिनुहाेस्

टाकुरा न्यूज टिम

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
विवेक विवश रेग्मी
संवाददाता : राजन काेइराला
संवाददाता : सुमन रेग्मी

Web Designed and Tech Partner :

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana