Saturday, June 13, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

ग्रामथानको संरक्षण गर्दै इटहरी उपमहानगर, थारु होमस्टे पनि सुरु गर्दै

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख १६, २०८१
in समाचार
0
ग्रामथानको संरक्षण गर्दै इटहरी उपमहानगर, थारु होमस्टे पनि सुरु गर्दै
142
SHARES
Share on FacebookShare on Twitter

इटहरी : प्राचीन कालदेखि बसोबास गर्दै आएका थारुलाई पहिलो जाति घोषणा गरेको इटहरी उपमहानगरपालिकाले उनीहरूको आस्थाको धरोहर ग्रामथानको संरक्षण र पुनर्निर्माण सुरु गरेको छ ।

चालु आर्थिक वर्षमा ग्रामथानहरूको अवस्था पत्ता लगाइ तिनीहरूको अवस्था अनुसार गर्नुपर्ने पुनर्निर्माणका काम भइरहेको उपमहानगरले जनाएको छ ।

सो अनुसार विभिन्न वडा वडामा बजेट विनियोजन भई पुनर्निर्माणको काम हुँदै छ भने नगर स्तरीय बजेट बाट पनि पुनर्निर्माणका लागि काम हुँदै छन् ।

इटहरीको वडा न. ८ मा रहेका ५ वटा ग्रामथान मध्ये अघिल्लो आर्थिक वर्षमा ४ वटाको पुनर्निर्माण सम्पन्न भएको वडाध्यक्ष रोहित चौधरीले जानकारी दिए । उनका अनुसार चालु वर्षमा एक ग्रामथानको पुनर्निर्माणको काम चलिरहेको छ ।

यस्तै वडा न. १८ मा रहेका ८ वटा ग्रामथानको घेरा बेरा लगाउने र आरसिसी ढलान गरी नयाँ निर्माणको काम सकिएको वडाध्यक्ष रामकुमार चौधरीले जानकारी दिए ।

अघिल्लो वर्षमै सबै थानहरूलाई नयाँ निर्माण गरी ढलान गरेको उनले जानकारी दिए ।

वडा न. १६ मा रहेका ग्रामथानहरूको पनि पुनर्निर्माणको काम भएको वडा अध्यक्ष तेजनारायण चौधरीले जानकारी दिए । ग्रामथानको संरक्षण गर्ने काम उपमहानगर र वडा कार्यालयहरूले संयुक्त रूपमा भइरहेको उनले बताए ।

यता, इटहरीको मुख्य चोकमा रहेको विच्छुधामी ग्रामथानको पनि पुनर्निर्माण सकिएको छ । इटहरी वडा न.६ धरान रोडमा रहेको सो ग्रामथान निर्माण गर्न वडा कार्यालयले २ लाख बजेट विनियोजन गरेको थियो ।

सो बजेटमा दाताहरूसँगको सहयोगका आधारमा ग्रामथानलाई पुरानै शैलीमा निर्माण गरिएको निर्माण उपभोक्ता समितिकी अध्यक्ष सुशीला चौधरीले जानकारी दिइन् । सो ग्रामथान निर्माणमा करिब ६ लाख बढी खर्च भएको उनको भनाई छ ।

नगरस्तरीय बजेट बाट नै इटहरी वडा न. ४ चौधरी टोलमा रहेको पोखरीलाई इँटाको वालले घेरा बेरा गर्ने काम भएको छ । अहिले अन्य वडाहरूमा पनि जीणर् बनेका थान तथा ग्रामथानहरूको पहिचान गरी पुनर्निर्माणको काम भइरहेको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम चरित्र मेहताले जानकारी दिए ।

कति छन् ग्रामथान कस्तो छ अवस्था ?

इटहरीमा कति ग्रामथान छन्, यसको यकिन तथ्याङ्क छैन । धेरै पुराना थानहरू त लोप भएर गइसके । अतिक्रमणका कारण धेरै ग्रामथानहरू हराएका छन् । कति जीणर् भएर लोप हुने अवस्थामा पुगेका छन् ।

इटहरीका अधिकांश ग्रामथान जीणर् अवस्थामा रहेको थारु कल्याणकारी सभा इटहरीका अध्यक्ष लक्ष्मी प्रसाद चौधरीले जानकारी दिए ।
पहिले १, २ बिगाहामा रहेका थानहरू अहिले २, ३ धुरमा सीमित हुन पुगेको था.क.स अध्यक्ष चौधरीको भनाई छ ।

इटहरी ५ आनन्द मिल छेउमा रहेको ग्रामथान अहिले अढाई धुरमा सीमित भएको उनले बताए । केही समय अघि त्यस थान वरिपरि करिब ४ कट्ठा जग्गा रहेको उनको भनाई छ ।

यस्ता थुप्रै उदाहरण आफूले ग्रामथानको अनुगमनका क्रममा भेटेको अध्यक्ष चौधरीले जानकारी दिए । थारु कल्याणकारी सभा नगर समितिले पनि ग्रामथानको तथ्याङ्क सङ्कलनको काम गरिरहेको उनले बताए ।

ग्रामथान जीणर् भएर हराउने, जग्गा जमिन भू माफियाले कब्जा गर्दा लोप भएका छन् । संरक्षणका लागि तीव्र दबाब आएपछि इटहरी उपमहानगरले ग्रामथानको सूचीकरण गर्न थालेको छ ।

कुन वडामा रहेका ग्रामथान कुन अवस्था छन्, जग्गा जमिन कति छ ,मेला पर्व, पुजारीको अवस्था सहित सबै विवरण उल्लेख गरी सम्बन्धित वडा कार्यालय तथा नगरपाकिालमा सूचीकरण गर्न थालिएको प्रमुख प्रशाकिय अधिकृत राम चरित्र मेहताले जानकारी दिए ।

उपमहानगरको परिपत्र पछि हाल सम्म २९ वटा ग्रामथान सूचीकरण भएका छन् । अझै धेरै ग्रामथानहरू सूचीकरण हुन बाँकी रहेकाले सूचीकरणको काम जारी नै रहने प्रमुख प्रशासकीय अधिकृत मेहताले बताए ।

ग्रामथानहरू पूणर् रूपमा संरक्षण नहुन्जेल सम्म सूचीकरण र पुनर्निर्माणका कामहरूले प्रत्येक वर्ष निरन्तरता पाउने मेहताको भनाई छ ।

के हो ग्रामथान ?
संस्कृति अनुसार मानिसको जीवनपद्धति चल्छ । संस्कृति प्रकृति प्रदत्त चिज होइन । यो मानव निर्मित हो । तर प्रकृतिसँगै हुन्छ । थारु समुदायको आफ्नै संस्कार, संस्कृति छ ।

थारु समुदायले आफ्ना कुल,पितृहरूको सम्झना गर्दै सामूहिक रूपमा पूजा गरिने स्थललाई ग्रामथान भन्दछन् । हेर्दा सामान्य लाग्ने बाँसको टाटीले बारेको, टिनको छानो भएको, स साना घरहरू हुन । त्यहाँ भित्र माटोको ढिस्को हुन्छ । तिनीहरूको पूजा प्राकृतिक रूपमा गरिन्छ । त्यसैले थारुहरू प्रकृति पूजक हुन ।

जन्मदेखि मृत्यु संस्कार सम्ममा ग्रामथान नभई हुन्न । ग्रामथानमा देवताको बास हुने भएकाले थारुहरूले सामूहिक पूजा गर्छन् ।
ग्रामथान जन्म, विवाह, पूजा पाठ र मृत्युको संस्कारसँग पनि जोडिने थारु नेता तथा १६ न. वडाका अध्यक्ष तेज नारायण चौधरीले जानकारी दिए ।

हाम्रो आस्था विश्वास सबै ग्रामथानमै रहको उनले बताए । ग्रामथानमा नै प्रत्येक वर्ष वैशाख महिनामा पूजा गर्ने र मेला लाग्ने अध्यक्ष चौधरीले जानकारी दिए । यसरी पूजा गर्दा फूल घडा, पानसुपाडी चढाउने गर्दछन् । प्राय सबै ग्रामथानमा ठुलो मेला( धाम) लाग्छ । यस्ता मेलामा जुलवीको विशेष महत्त्व रहने गर्दछ । वैशाख महिना भर थानहरूमा मेला लाग्ने गर्दछ ।

ग्रामथान प्राय गाउँको बिचमा, खेतको बिचमा हुन्छन् । जहाँ पोखरी, ठुला ठुला रुख बिरुवा हुन्छन् । यिनीहरूको आ आफ्नै महत्त्व रहेको छ ।

लामो समय सम्म संरक्षण नहुँदा यस्ता थानहरू पुराना र जीणर् भएका छन् । उनीहरूको नाममा रहेका जग्गामा विद्यालय, स्वास्थ्य चौकी, सामुदायिक भवन बनाइएको छ ।

अर्को तर्फ ग्रामथानको जग्गा भू माफियाले आफ्नो नाममा नामसारी गरी विक्री वितरण गर्ने गरेका छन् । जसले गर्दा ग्रामथान लोप हुने अवस्थामा पुगेका छन् ।

नयाँ योजना ल्याउँदै उपमहानगर
चालु आर्थिक वर्षमा थारु समुदायको उत्थान तथा आर्थिक विकासका कार्यक्रम सञ्चालनको तयारी अन्तिम चरणमा रहेको उपमेयर सङ्गीता कुमारी चौधरीले जानकारी दिइन ।

उपमहानगरमा थारु जातिको उत्थानका लागि एक छुट्टै समिति गठन गरिएको छ । सो समितिको संयोजक उपमेयर आफै छिन् । यही समिति मार्फत कार्यक्रम सञ्चालनको तयारी भइरहेको उपमेयर चौधरीले जानकारी दिइन् ।

थारु जातिको उत्थानका लागि चालु आर्थिक वर्षमा ५० लाख बजेट विनियोजन गरिएको छ । सोही बजेट बाट कार्यक्रम सञ्चालन हुनेछ ।
यस वर्ष मुख्य ५ कामलाई प्राथमिकतामा राखी काम थालिएको उपमेयर चौधरीले जानकारी दिइन् ।

पहिलो ग्रामथानहरूको संरक्षण तथा पुनर्निर्माण, दोस्रो थारुको जनगणना, तेस्रो थारु विद्यार्थीका लागि लोक सेवा कक्षा सञ्चालन, चौथो थारु होमस्टे सञ्चालन र पाँचौँ अभिमुखीकरण तथा क्षमता अभिवृद्धि कार्यक्रम रहेका छन् ।

विनियोजित ५० लाख बजेट मध्येबाट २० लाख रकम ग्रामथानको संरक्षणका लागि खर्च गरिनेछ भने बाँकी अन्य शीर्षकमा खर्च गरिने उपमेयर चौधरीको भनाइ छ ।

यी उल्लेखित कामहरू थारु कल्याणकारी सभासँगको साझेदारीमा सञ्चालन गरिने उपमेयर चौधरीले जानकारी दिइन् । इटहरीमा थारु कति छन् यकिन तथ्याङ्क पत्ता लगाउन आन्तरिक जनगणना गर्ने समितिको योजना छ ।

राष्ट्रिय जनगणनाले निकालेको इटहरीको थारुको संख्यामा चित्त नबुझेकाले आफैले थारुको जनसङ्ख्या पत्ता लगाउन जनगणना गर्ने तयारी गरेको थारु कल्याणकारी सभाका नगर अध्यक्ष लक्ष्मी प्रसाद चौधरीले जानकारी दिए ।

इटहरीका वडा न. १०, ११, १२ र १७ मा थारु होमस्टे सञ्चालन गरिने उपमेयर सङ्गीता कुमारी चौधरीले बताइन । होमस्टे सञ्चालनका लागि सो वडाबाट प्रस्ताव आएको उनको भनाई छ ।

थारुको जातीय संस्कार, संस्कृति,रहनसहन, परम्परा, खानाका परिकार, गीत सङ्गीत लगायत सबै विषयलाई समेटेर होमस्टे सञ्चालन गरिने छ ।

यस्तै, थारु विद्यार्थीहरूलाई सरकारी सेवामा प्रोत्साहन गर्न लोक सेवा तयारी कक्षा सञ्चालन गरिने जनाइएको छ ।

थारु महिलाहरूको सिप र कलालाई आर्थिक उपार्जनमा रूपान्तरण गर्न सिपमूलक तालिम तथा अन्य क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिने उपमेयरको योजना छ ।

तर यी सबै कार्यक्रम सञ्चालनका लागि बजेट अपुग हुने उपमेयरले बताइन् । आगामी आर्थिक वर्ष यो शीर्षकमा बजेट थप गर्नुपर्ने उनको माग छ ।

–ADVT

Tags: #इटहरी उपमहानगरपालिकाग्रामथानसंरक्षण
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

‘पार्टी सुधारका लागि दबाब’ : कांग्रेस इतर पक्ष विराटनगरमा भेला गर्दै
FEATURE BREAKING

‘पार्टी सुधारका लागि दबाब’ : कांग्रेस इतर पक्ष विराटनगरमा भेला गर्दै

by टाकुरा न्यूज । इटहरी
जेष्ठ ३०, २०८३
0

विराटनगर : नेपाली कांग्रेसको संस्थापन इतर पक्षल आइतबार विराटनगरमा भेला गर्ने भएको छ । पार्टीभित्र दबाब सिर्जना गर्ने र विशेष...

धनकुटामा बाँदर धपाउन राखिएको भरुवा बन्दुक बन्यो ज्यानै जाने कारण
FEATURE BREAKING

धनकुटामा बाँदर धपाउन राखिएको भरुवा बन्दुक बन्यो ज्यानै जाने कारण

by टाकुरा न्यूज । इटहरी
जेष्ठ ३०, २०८३
0

धनकुटा : धनकुटाको महालक्ष्मी नगरपालिका–९ खाल्डे कटहरेमा भरुवा बन्दुक सफा गर्ने क्रममा पड्किँदा ४७ वर्षीय रामकृष्ण थापाको मृत्यु भएको छ।...

संखुवासभामा बारुद लोड भएको भरुवा बन्दुकसहित एक पुरुष प्रहरी नियन्त्रणमा

संखुवासभामा बारुद लोड भएको भरुवा बन्दुकसहित एक पुरुष प्रहरी नियन्त्रणमा

जेष्ठ ३०, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा एकै वर्ष १७ हजार केजीभन्दा बढी गाँजा बरामद

जेष्ठ ३०, २०८३
भोजपुर : पौवादुङमाको पाँच सय हेक्टरमा अकबरे खुर्सानी खेती

बाँदर आतंकको विकल्प बन्यो अदुवा खेती

जेष्ठ ३०, २०८३
झापाको पाठामारीमा दशगजा क्षेत्र खाली गराउन चिया खेती हटाइयो

झापाको पाठामारीमा दशगजा क्षेत्र खाली गराउन चिया खेती हटाइयो

जेष्ठ ३०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

‘पार्टी सुधारका लागि दबाब’ : कांग्रेस इतर पक्ष विराटनगरमा भेला गर्दै

‘पार्टी सुधारका लागि दबाब’ : कांग्रेस इतर पक्ष विराटनगरमा भेला गर्दै

जेष्ठ ३०, २०८३
धनकुटामा बाँदर धपाउन राखिएको भरुवा बन्दुक बन्यो ज्यानै जाने कारण

धनकुटामा बाँदर धपाउन राखिएको भरुवा बन्दुक बन्यो ज्यानै जाने कारण

जेष्ठ ३०, २०८३
संखुवासभामा बारुद लोड भएको भरुवा बन्दुकसहित एक पुरुष प्रहरी नियन्त्रणमा

सगरमाथा चुम्ने चुम्बकीय क्षमताका मानिसहरू

जेष्ठ ३०, २०८३
संखुवासभामा बारुद लोड भएको भरुवा बन्दुकसहित एक पुरुष प्रहरी नियन्त्रणमा

संखुवासभामा बारुद लोड भएको भरुवा बन्दुकसहित एक पुरुष प्रहरी नियन्त्रणमा

जेष्ठ ३०, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1505 shares
    Share 602 Tweet 376
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1427 shares
    Share 571 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    904 shares
    Share 362 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    614 shares
    Share 246 Tweet 154
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    391 shares
    Share 156 Tweet 98

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.