इटहरी २ का एकै घरका चार सन्तान अपाङ्ग भएपछि समस्यामा रहेका परिवारलाई आर्थिक सहयोग गरिएको छ ।
अघिल्लो साता टेलिभजन कार्यक्रम प्रस्तोता रबि लामिछानेले इटहरी २ का लक्ष्मण तामाङ र मनमाया तामाङका चार सन्तान नै उठ्न नसक्ने र बोल्न पनि नसक्ने समस्या रहेको कार्यक्रममार्फत प्रस्तुत गरेपछि दाताबाट संकलित रकम सहयोग गरिएको हो ।

लामिछानेको पहलमा युकेबाट शान्ति गुरुङले संयोजन गरेर पठाएको एक लाख रुपैँया तामाङ परिवारलाई सोमबार हस्तान्तरण गरिएको हो । हस्तान्तरण कार्यक्रममा प्रखर वक्ता रमेश प्रसाई उपस्थित रहेका थिए ।
लामिछानेले पठाएको उक्त रकम प्रसाईले सोमबार साँझ हस्तान्तरण गरेका थिए ।
















Discussion about this post