इटहरी : कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका छन् ।
५२ जना सांसदको हस्ताक्षर सनाखत भएसँगै एमाले प्रदेश संसदीय दलका नेता कार्कीलाई प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । उनलाई एमालेका ३९ र माओवादी केन्द्रका १३ सांसदले समर्थन गरेका हुन् ।
संविधानको धारा १६८ (५) बमोजिम कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीका रुपमा कार्कीलाई नियुक्त गरिएको हो ।
साथै, आज नै उनलाई शपथग्रहण गराउने तयारी गरिएको छ । ९३ सदस्यीय कोशी प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ ।
मुख्यमन्त्री कार्कीको पक्षमा ५२ मत देखिएपछि प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्ति भएको जनाएका हुन् ।












Discussion about this post