इटहरी : पछिल्लो समय कोरोना भाइरसको संक्रमण ह्वात्तै बढेकाले अहिले ट्राफिक प्रहरीले सुरक्षा अपनाएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय प्रदेश १ का प्रमुख प्रहरी उपरीक्षक (एसपी) सञ्जीव शर्माका अनुसार कोरोनाको संक्रमण बढेकाले अहिले ट्राफिकले फेस सिल्ड लगाएर चेकिङ गर्न थालेको छ ।
उनले टाकुरासँग भने, ‘बाहिरबाट आवतजावत गर्ने मानिसहरुसँग ट्राफिकले नजिकबाटै बोल्नुपर्ने हुन्छ, मास्कले मात्रै सुरक्षा नहुने भएकाले पनि फेस सिल्डको प्रयोग गरिएको हो ।’
उनका अनुसार लायन्स क्लब अफ विराटनगरले ट्राफिकलाई उपलब्ध गराएको फेस सिल्ड सुनसरी र मोरङका ट्राफिकलाई वितरण गरिएको छ ।

सुनसरीको इटहरी, खनार र दुहवीका ट्राफिकहरुलाई फेस सिल्ड उपलब्ध गराईएको छ भने मोरङका सबै ट्राफिकहरुलाई उपलब्ध गराईएको एसपी शर्माले जानकारी दिए ।
‘बाहिर अन्य मानिसहरुसँग बोल्नुपर्ने हुन्छ, मास्कले मात्रै ढाक्दैन,’ शर्माले भने, ‘अन्य मानिसहरुले मास्क नै नलगाएपनि फेस सिल्डका कारण हामीलाई सजिलो हुन्छ । ट्राफिक प्रहरीहरु पनि खुशी छन् ।’
















Discussion about this post