विराटनगर : विराटनगरमा जारी नाटक महोत्सवको चौथो दिन मंगलबार ‘सुरुङ’ मञ्चन गरिएको छ ।
हाटखोलास्थित गुरुकुलको बालकृष्ण पोखरेल नाटकघरमा गौरादह जेसीज तथा झोराहाट नाट्य समूहले भरत ‘बर्बरिक’ द्धारा निर्देशित नाटक मञ्चन गरिएको हो ।
लागूऔषधको डरलाग्दो सुरुङभित्र युवा तन्नेरीहरूको प्रवेशले निम्त्याउने अनेकन दुष्परिणामलाई नाटकले देखाएको थियो ।
सौरभ भट्टराईद्धारा लिखित उक्त नाटकमा लीला खत्री, अभिषेक गड्तौला, पूजन खरेल, पदम दाहाल, निर्मला रिमाल लगायतको अभिनय रहेको थियो ।
नाटक महोत्सवको अन्तिम दिन बुधबार दिउँसो ३ बजे कलालय इटहरीले ‘शत्रु’ नामको नाटक मञ्चन गर्ने महोत्सव निर्देशक तथा आरोहण विराटनगरका अध्यक्ष भैरव क्षेत्रीले बताए ।
कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयको अनुदान सहयोग तथा विराटनगर महानगरपालिकाको सहयोगमा भएको महोत्सवमा कोशी प्रदेशका कुल ६ वटा नाटक मञ्चन हुनेछन् ।
Discussion about this post