रामधुनी नगरपालिकामा अत्यावश्यक कामबाहेक अन्य क्षेत्रमा लकडाउन गर्ने निर्णय भएको छ ।
रामधुनी नगरक्षेत्रको समुदाय उच्च जोखिममा रहेको भन्दै शनिबार राति १२ बजेदेखि साउन २४ गतेसम्म अत्यावश्यक काम बाहेक नगर तथा वडाका सम्पूर्ण काम तथा हाटबजार र ब्यापार–ब्यवसाय बन्द गराउने निर्णय भएको हो ।
नगरबासीहरु कोरोनाको उच्च जोखीममा रहेकाले सचेत रहन समेत अपिल गरिएको छ ।
















Discussion about this post