इटहरी : इटहरीस्थित एसओएस हर्मन माइनर माध्यमिक विद्यालय इटहरीले रक्तदान कार्यक्रम आयोजना गरेको छ । विद्यालयले एसओएस दिवसका अवसरमा रक्तदान कार्यक्रम गरेको हो ।
‘युवा रेडक्रस सर्कल एसओएस हर्मन माइनर माध्यमिक विद्यालय इटहरी’को आयोजनामा सम्पन्न कार्यक्रममा ५१ पिन्ट रगत सङ्कलन भएको विद्यालयका निमित्त प्रधानाध्यापक शशीकुमार उपाध्यायले जनाए ।
नेपाल रेडक्रस सोसाइटी सुनसरीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको आयोजकले जनाएको छ । एसओएस दिवसका अवसरमा हरेक वर्ष विभिन्न कार्यक्रम आयोजना गरिँदै आएको छ ।
रक्तदान कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी, अतिथिलगायत अभिभावकहरूको उपस्थिति रहेको थियो ।
सामाजिक गतिविधिहरूमा पनि सक्रियतामा अग्रपङ्क्तिमा रहेको यस विद्यालय गुणस्तरीय शिक्षाका लागि विद्यार्थीको रोजाइमा पर्ने गरेको विद्यालयको दाबी छ ।
Discussion about this post