इटहरीमा मोटरसाईकल दुर्घटना हुँदा एकजनाको अवस्था गम्भीर भएको छ ।
इटहरी १७ लविपुरमा मोटरसाइकल र जीप दुर्घटना हुँदा मोटरसाइकलमा सवार रौतहट जिल्ला घर भएका अन्दाजी २४ वर्षीय अनिल बिक गम्भीर घाइते भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
को ५ प ४२२ मोटरसाइकल पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको अवस्थामा पश्चिमबाट पूर्व र्फ बा १६ च ६४६२ मा सवार अन्दाजी ४६ वर्षीय सन्तोष कुमार अटलको सवारी साधन एक आपसमा ठक्कर भएको हो ।
गम्भीर घाइते बिकको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
















Discussion about this post