धरान उपमहानगरपालिकामा आज दुईजना युवामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार धरान १ का २० बर्षीय युवामा पनि संक्रमण पुष्टि भएको हो ।
यसअघि संक्रमण पुष्टि भएकाको कन्ट्याक ट्रेसिङको आधारमा उनको स्वाब संकलन गरिएको थियो ।
आजै बिहान धरान १५ का एक व्यक्तिमा पनि संक्रमण पुष्टि भएको थियो । उनको पनि कन्ट्याक ट्रेसिङबाट स्वाब संकलन गरिएको थियो ।
यो सँगै धरानमा कुल संक्रमितको संख्या २८ पुगेको छ ।
















Discussion about this post