कोरोना संक्रमणका कारण नेपालमा थप एकजनाको मृत्यु भएको छ ।
सोमबार मृत्यु भएकी पर्सा पोखरियाकी १८ वर्षीया किशोरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।
किशोरीको मृत्युपछि कोरोना पुष्टि भएको नेसनल मेडिकल कलेजका कोभिड फोकल पर्सन डा. असरफ हुसेनले जानकारी दिए।
हुसेनका अनुसार मृत्यु भएपछि स्थानीय प्रशासनले अस्पताललाई किशोरी कोभिडको शंकास्पद हुन् भन्ने खबर गरेको र उनको शव अस्पतालमै राखेर कोरोना परीक्षण गर्न स्वाब पठाइएको थियो।
यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५९ पुगेको छ।
















Discussion about this post