खोटाङ : २२ वर्षीया युवतीमाथि जबरजस्ती करणी गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
रावाबेसी गाउँपालिका २ खार्पा बस्ने ३२ वर्षीय टेकबहादुर नेपालीलाई प्रहरीले पक्राउ गरेको हो ।
नेपालीले ती महिलालाई आफ्नै घरमा लगेर आइतबार बिहान जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।












Discussion about this post