पछिल्लो २४ घण्टामा सुनसरीमा १ सहित प्रदेश १ मा १८ जना कोरोना संक्रमित थपिएका छन् ।
मोरङमा मात्र १४ जना संक्रमित थपिएका छन् भने इलाममा २ जना, उदयपुर र सुनसरीमा १–१ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमा ६ पुरुष र ४ महिला, सुनबर्षीमा ३ र धनपालथानमा १ पुरुषमा संक्रमण पुष्टि भएको छ ।
यस्तै, इलामको इलाम नगरपालिका र सूर्योदयमा १–१ पुरुषमा संक्रमण पुष्टि भएको छ भने उदयपुरको त्रियुगामा १ महिला र सुनसरीको धरानमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार १ सय ८९ पुगेको छ ।
















Discussion about this post