खोटाङको केपिलासगढी गाउँपालिका १ का २७ बर्षीय राकेश राईलाई हत्याको आरोपमा पक्राउ गरिएको छ ।
मंगलबार राती स्थानीय ५६ बर्षीय जबरधन राईसंग सामान्य बिबाद हुँदा रिसको आवेगमा भएको झगडाले हत्याको रुप लिएको हो ।
राकेशले नजिकै रहेको दाउराको चिर्पटले प्रहार गर्दा घाईते भएका राईलाई अस्पताल लैजाने तयारी गर्दा–गर्दै घरमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
फरार रहेका राकेशलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
















Discussion about this post