रोट्रयाक्ट क्लब अफ धरान घोपा डिष्ट्रिक ३२९२ ले सञ्चालन गरेको रोटा फियस्टा सम्पन्न गरेको छ ।
एक हप्ता सम्म आयोजना गरिएको उक्त कार्यक्रम रोटरी क्लब अफ धरान घोपाको संयुक्त सहकार्यमा सम्पन्न भएको हो ।
सेवा र आनन्द–आनन्द र सेवा भन्ने सन्देशका साथ सम्पन्न कार्यक्रम मार्फत रोट्र्याक्ट क्लब अफ धरान घोपाका रोट्रयाक्टरहरु, इन्ट्र्याक्ट क्लब अफ विष्णु मेमोरियल, इन्ट्रयाक्ट क्लब अफ डेपोट तथा इन्ट्रयाक्ट क्लब अफ दिल्ली पब्लिक स्कुलका इन्ट्रयाक्टरहरु बीचमा सुमधुर सम्बन्ध स्थापित गर्दै सबैमा रोट्रयाक्ट क्लबप्रति आत्मीय भावना जगाउन विभिन्न अवसरहरु प्रदान गरिएको रोट्रयाक्ट क्लब अफ धरान घोपाकी जनसम्पर्क अधिकरी रुची आचार्यले बताईन् ।

रोट्रयाक्टर तथा इन्ट्रयाक्टरहरु बीच निःशुल्क अनलाइन फर्म वितरण गरि इच्छुकबाट नाम सङ्कलन गरिएको थियो । जम्मा ९६ जनाको सहभागिता रहेको थियो ।
साथै समुदायका मानिसहरुलाई जनचेतना फैलाउने काम समेत गरिएको थियो ।
७ दिनसम्म चलेको उक्त रोटा फियेस्टाको नतिजा पनि सोही प्लेट्फर्म र वाट्सएपबाट प्रकाशन गरिएको क्लब सुशान्त थापाले जानकारी दिए ।
















Discussion about this post