Saturday, July 18, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

फूल र बिरूवाको संरक्षणमा खटिने स्वयम्सेवकलाई महानगरद्धारा प्रशिक्षण

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ १०, २०८१
in विविध, समाचार
0
फूल र बिरूवाको संरक्षणमा खटिने स्वयम्सेवकलाई महानगरद्धारा प्रशिक्षण
74
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : विराटनगर महानगरपालिकाले सौन्दर्यकरण अभियानअन्तर्गत रोपेका बिरूवा र फूलको संरक्षणका लागि स्वयम्सेवक परिचालन गर्ने भएको छ ।

विराटनगरस्थित बरगाछी–रानी सडकखण्डमा भर्खरै मात्र रोपेका फूल र विरूवा राधाकृष्ण रथयात्राका क्रममा नष्ट हुने सम्भावना बढेको भन्दै महानगरले युवा स्वयम्सेवक परिचालन गर्न लागेको हो । फूल र बिरूवा जोगाउन स्वयम्सेवक परिचालन गर्न लागिएको महानगरका मेयर नागेश कोइरालाले बताइ ।

‘नगर प्रहरी मेरो साथी’ लेखेको टिसर्ट लगाएर करिब दुई सय स्वयम्सेवकहरू बिरुवाको संरक्षणमा खटिनेछन् । यसरी घटिने स्वयम्सेवकहरूलाई महानगरले प्रशिक्षणसमेत दिएको छ । प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले साँच्चिकै स्वयम्सेवकको सिद्धान्त र भावनाअनुसार खटिन आग्रह गरे ।

उनले विराटनगर बनाउने दायित्व सबैको भएकाले विरुवाको संरक्षण गर्ने दायित्व विराटनगरबासीको भएको बतए । विराटनगरको पहिचानसित जोडिएको रथयात्राका क्रममा हुने फोहोरको व्यवस्थापनमा समेत ध्यान दिन उनले आग्रह गरे ।

उपमेयर शिल्पा निराला कार्कीले स्वयम्सेवकहरूलाई फूल र विरुवाको संरक्षणमा सम्पूर्ण ध्यान केन्द्रित गर्न आग्रह गरिन् ।

स्वयम्सेवकहरूले गरेका हरेक काम सफल भएको बताउँदै उनले बिरूवा र फूल जोगाउन स्वयम्सेवकहरू सफल हुने बताइन् ।

प्रशिक्षण कार्यक्रममा वडा प्रहरी कार्यालय विराटनगरका प्रमुख डीएसपी बुद्धकुमार श्रेष्ठ, ट्राफिक प्रहरी निरीक्षक सुमन न्यौपाने, सरसफाई शाखा प्रमुख पुनमकुमार दाहाल, नगर प्रहरीका प्रमुख राजन पौडेललगायतले स्वयम्सेवकहरूको मुख्य जिम्मेवारी डिभाइडरका फूल र बिरूवाको संरक्षण गर्ने भए पनि रथयात्राका क्रममा हुने अपराधिक क्रियाकलाप रोक्न भूमिका खेल्नुपर्नेमा जोड दिए ।

विराटनगरमा सञ्चालित बैंक तथा वित्तीय संस्थाहरूको सहयोगमा महानगरले बरगाछी–रानी सडक सौन्दर्यकरण अभियान सञ्चालन गरेको छ ।

कृष्णजन्माष्टीको भोलिपल्ट निकालिने रथयात्रा यस वर्ष मंगलबार निकालिँदैछ । तीनपैनीस्थित राधाकृष्ण मन्दिरबाट निकालिने रथयात्रा मेनरोड हुँदै रोडशेष चोक पुगेर बसपार्क, महेन्द्रचोक, बिजुली अफिस, बरगाछी हुँदै मन्दिरमा पुगेर समापन हुनेछ ।

स्वयम्सेवकहरू रथयात्रा नसकिञ्जेलसम्म परिचालित हुने नगर प्रहरी प्रमुख राजन पौडेलले जानकारी दिए । उनीहरू नगर प्रहरी सँगसँगै खटिनेछन् । यस्तै, रथयात्रा पछि–पछि सरसफाई व्यवस्थापनका लागि टोली परिचालन गर्ने महानगरको योजना रहेको छ ।

यसैबीच पानी, सर्बत र प्रसादी वितरणका लागि ८७ वटा व्यक्ति, संस्था र व्यवसायीहरूले महानगरबाट स्वीकृत लिइएको सरसफाई शाखाका प्रमुख पुनमकुमार दाहालले जानकारी दिए ।

स्वीकृत लिएर राखेका पानी, सर्बत र प्रसादीका स्टलहरूले सरसफाई व्यवस्थापन गरे–नगरेका विषयमा महानगरको टोलीबाट अनुगमनसमेत गरिने दाहालले बताए ।

Tags: #विराटनगरप्रशिक्षणविराटनगर महानगरपालिका
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

समाचार

झापामा विपद्को कहर : ११ जनाको मृत्यु, एक वर्षमा २२ करोडको क्षति

by रासस
साउन २, २०८३
0

भद्रपुर : झापामा गत आर्थिक वर्षमा प्राकृतिक विपद्का घटनामा ११ जनाको मृत्यु भएको छ भने २२ करोड ७४ लाख ६०...

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु
समाचार

झापामा कारको ठक्करबाट मोरङका दुई मजदुरको मृत्यु

by टाकुरा न्यूज । इटहरी
साउन २, २०८३
0

झापा : हुलाकी राजमार्गमा भएको सवारी दुर्घटनाले मोरङको एउटै गाउँका दुई परिवार शोकमा डुबेका छन्। झापाको गौरीगन्ज–२ कृष्ण खोला नजिक...

इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

साउन २, २०८३
नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

साउन १, २०८३
एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

साउन १, २०८३
पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

इटहरीमा राजस्व सेवा सात दिन पूर्ण बन्द

साउन १, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

झापामा विपद्को कहर : ११ जनाको मृत्यु, एक वर्षमा २२ करोडको क्षति

साउन २, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा कारको ठक्करबाट मोरङका दुई मजदुरको मृत्यु

साउन २, २०८३
इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

साउन २, २०८३
नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

साउन १, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1053 shares
    Share 421 Tweet 263
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    766 shares
    Share 306 Tweet 192
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    598 shares
    Share 239 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    463 shares
    Share 185 Tweet 116
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    407 shares
    Share 163 Tweet 102

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.