इटहरी : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। शनिबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो।
निगमले पेट्रोलको मूल्य प्रतिलिटर दुई रूपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर एक रूपैयाँले घटेको जनाएको छ।
त्यस्तै आन्तरिक हवाई इन्धनतर्फ प्रतिलिटर ५ रूपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ३७ ले घटेको निगमले जनाएको छ।
भारतीय आयल कर्पोरेसन (आइओसी)बाट एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ३५.११ ले बढेर आएपनि हाललाई बिक्री मूल्य यथावत राखिएको निगमले बताएको छ।
Discussion about this post