Thursday, September 3, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

कोशी प्रदेश : १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार निरन्तर

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ १६, २०८१
in विविध, समाचार
0
कोशी प्रदेश : १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार निरन्तर
119
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार सेवा कार्यक्रम निरन्तर रहेको प्रस्ट्याएको छ ।

मन्त्रालयले आइतबार (आज) एक विज्ञप्ति जारी गर्दै बालबालिकाहरूको निःशुल्क उपचार सेवा रोकिएको भन्ने भ्रामक समाचारहरू आइरहेको भन्दे यो सेवा निरन्तर रहेको जानकारी दिएको हो ।

भ्रमपूर्ण समाचारहरू सामाजिक सञ्जालमा आइरहेकोप्रति मन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । यो आर्थिक वर्षका लागि चार करोड २९ लाख रुपैयाँ १० वर्षमुनिका बालबालिकाहरूको निःशुल्क उपचारका लागि विनियोजन भएको विज्ञप्तिमा उल्लेख छ ।

प्रदेश मातहतका सबै अस्पतालबाट सो सेवा लिन सकिने मन्त्रालयका प्रवक्ता डा. सुरेश मेहेताले बताए ।

त्यसैगरी महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका लक्षित विभिन्न कार्यक्रम सञ्चालन गर्न चालू आर्थिक वर्ष २०८१।८२ मा बजेटको व्यवस्था गरी पहिलोपटक महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका बीमा कार्यक्रम सुरु गरिएको मन्त्रालयले जनाएको छ ।

यस्तै एक पालिका, एक महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका सम्मान कार्यक्रम र महिला स्वास्थ्य स्वयंसेविका स सम्मान विदाई कार्यक्रमलाई निरन्तरता दिइएको विज्ञप्तीमा उल्लेख छ ।

मन्त्रालयका अनुसार कडा रोग लागेका व्यक्तिहरूका लागि उपचार सहायता कार्यक्रमका लागि आर्थिक वर्ष २०८१।८२ को पाँच करोड रूपैयाँ विनियोजन गरिएको छ ।

यसको कार्यविधिमा परिमार्जन गरी मन्त्रालयमा प्राप्त निवेदन र पेश भएका कागजात अनुसार सहायता रकम प्रदान गर्ने गरी बनाउन लागिएको छ ।

गत आर्थिक वर्षबाट सञ्चालनमा आएको शैलजा आचार्य हृदयरोग उपचार केन्द्रबाट निरन्तर रूपमा सेवा सञ्चालन गर्न आवश्यक बजेट, जनशक्ति व्यवस्थापन तथा अन्य शीर्षकहरूमा बजेट विनियोजन गरी नियमित सेवा सञ्चालन भइरहेको समेत मन्त्रालयले प्रस्ट्याएको छ ।

केही समययता पूर्वमुख्यमन्त्री केदार कार्कीले बालबालिकाहरूको निःशुल्क उपचार सेवा रोकिएको भन्दै विरोध गर्दै आएका छन् । तर, उनले उठाएका विषयहरू बजेटमा उल्लेख रहेको र निरन्तरता दिइएको मन्त्रालयले प्रस्ट्याएको हो ।

Tags: उपचारकोसी प्रदेश
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

समाचार

इटहरीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ १७, २०८३
0

इटहरी : इटहरी उपमहानगरपालिका–४ संगीत चोकबाट प्रहरीले १९ ग्रामभन्दा बढी ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको...

मादपण्डविपरीत सञ्चालनमा रहेका धनकुटाका फार्मेसीमाथि कारबाही
समाचार

मादपण्डविपरीत सञ्चालनमा रहेका धनकुटाका फार्मेसीमाथि कारबाही

by टाकुरा न्यूज । इटहरी
भदौ १७, २०८३
0

धनकुटा । धनकुटामा औषधी पसल सञ्चालनको नाममा मापदण्डको बेवास्ता गर्ने प्रवृत्ति देखिएको छ । औषधी व्यवस्था विभागको नेतृत्वमा गरिएको अनुगमनका...

मोरङका सरकारी कार्यालयमा बिचौलियाविरुद्ध प्रशासनको ‘एक्सन’, ३० जना पक्राउ

मोरङमा बाढीपीडितका लागि ९८ लाखभन्दा बढी आर्थिक सहयोग सङ्कलन

भदौ १७, २०८३
कोशी ब्यारेज पुल

कोशी ब्यारेजमा पानीको बहाव खतराको तहमा, २७ वटा ढोका खोलिए

भदौ १७, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

५० हजार रुपैयाँ घुससहित विद्युत प्राधिकरण इटहरीका कर्मचारी पक्राउ

भदौ १७, २०८३
इटहरीकी एक महिलाले दुई छोरी र एक छोरासहित सप्तकोसीमा हाम्फाल्न लाग्दा प्रहरीद्वारा उद्वार

मोटरसाइकलमा गाँजा तस्करी, सुनसरीमा दुई जना पक्राउ

भदौ १७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

भदौ १७, २०८३
मादपण्डविपरीत सञ्चालनमा रहेका धनकुटाका फार्मेसीमाथि कारबाही

मादपण्डविपरीत सञ्चालनमा रहेका धनकुटाका फार्मेसीमाथि कारबाही

भदौ १७, २०८३
मोरङका सरकारी कार्यालयमा बिचौलियाविरुद्ध प्रशासनको ‘एक्सन’, ३० जना पक्राउ

मोरङमा बाढीपीडितका लागि ९८ लाखभन्दा बढी आर्थिक सहयोग सङ्कलन

भदौ १७, २०८३
कोशी ब्यारेज पुल

कोशी ब्यारेजमा पानीको बहाव खतराको तहमा, २७ वटा ढोका खोलिए

भदौ १७, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    448 shares
    Share 179 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    308 shares
    Share 123 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    292 shares
    Share 117 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    282 shares
    Share 113 Tweet 71
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.