Friday, June 5, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

इटहरीमा ‘वीपी साहित्य सन्ध्या’

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ २४, २०८१
in कला साहित्य, समाचार
0
इटहरीमा ‘वीपी साहित्य सन्ध्या’
96
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीमा ‘वीपी साहित्य सन्ध्या’ गर्दै वीपी सप्ताह समापन गरिएको छ । नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. २ (क)ले आयोजना गरेको वीपी सप्ताह कार्यक्रमको सोमबार समापन गरिएको हो ।

वीपी कोइरालाको १११ र्औँ जन्मजयन्तीको अवसर पारेर इटहरीस्थित श्री कृष्ण प्रणामी मन्दिरमा ‘वीपी साहित्य सन्ध्या’ कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रम दुई चरणमा आयोजना गरियो । पहिलो चरणमा कविहरूले कविता वाचन गरेका थिए भने दोस्रो चरणमा ‘वीपी बोध’ शीर्षकमा बहस कार्यक्रम आयोजना भएको थियो ।

पहिलो चरणअन्तर्गत कवि बद्री भिखारी, देवान किराती, सीमा आभास र हेमन यात्रीले दुई–दुई वटा कविता वाचन गरे ।

भिखारीले ‘जस्तो–जस्तो’ र ‘नागरिकता,’ किरातीले ‘मन्दिर र चिहान’ र ‘भोक,’ आभासले ‘ऊ ईश्वर फुटाइरहन्छे’ र ‘चिडियाखानाको सिंह’ र हेमन यात्रीले ‘फेरि एक्लै’ र ‘आमाको गीत दुई’ शीर्षकको कविता वाचन गरे । उक्त कार्यक्रमलाई पत्रकार विवेश विवश रेग्मीले सहजीकरण गरे ।

दोस्रो चरणको कार्यक्रममा ‘वीपी बोध’ शीर्षकबारे प्रसिद्ध कवि मनु मञ्जिल र नाट्यकर्मी तथा कवि प्रज्वल पराजुलीले बहस गरेका थिए । मञ्जिलले वीपीको व्यक्तित्व, राजनीतिक उचाई र साहित्यको योगदानबारे चर्चा गरे ।

कार्यक्रममा प्रमुख अतिथि कांग्रेस केन्द्रीय सदस्य राजीव कोइरालाले सटिक टिप्पणी राख्दै यस्ता कार्यक्रमले समाजसँग पार्टीलाई जोड्ने तर्क राखे ।

उनले भने, ‘यो फरक कार्यक्रम भएकाले पार्टीले समाजलाई जोड्ने र आम मानिसलाई प्रभावित पार्ने कार्यक्रम गरेको छ । मैले पनि धेरै वर्षपछि कविता सुन्दा मन्त्रमुग्ध बनेँ ।’

कार्यक्रममा आयोजक कमिटिका सभापति सुबेक्छु देवानले सप्ताह कार्यक्रम गत वर्ष पनि आयोजना गरिएको र यस वर्ष पनि त्यसलाई निरन्तरता दिइएको बताए ।

उनले सप्ताहको पहिलो कार्यक्रम रामधुनीमा वृक्षारोपण, दोस्रो कार्यक्रम ‘कंग्रेस रन–२०८१’ र सप्ताह कार्यक्रम ‘वीपी साहित्य सन्ध्या’ आयोजना गरिएको बताए ।

‘राजनीतिमा लाग्नेहरूले वीपीको राजनीतिक कारण मात्रै खोज्ने होइन, साहित्य पनि पढ्नुपर्छ भन्ने प्रेरित गर्न पनि यो कार्यक्रम आयोजना गरिएको हो,’ देवानले भने, ‘वीपीलाई हामीले एक जुनीमा बाँचेर सकिन्न, वीपीलाई आम मानिसले पढ्ने मात्रै होइन, बाँच्नुपर्छ ।’

सोमबारको कार्यक्रम प्रदीप केसीको संयोजकत्वमा सम्पन्न भएको थियो भने एक सय ११ वटा दीप प्रज्वलन गरी वीपीलाई स्मरणसमेत गरिएको सचिव चिन्तामणी सापकोटाले जानकारी दिए ।

Tags: #कांग्रेस#नेपाली कांग्रेस#साहित्यवीपी कोइरालासुवेक्छु देवान
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

वातावरण जोगाउने अग्रदूतलाई विराटनगरको सम्मान, हरित सहर अभियानमा नयाँ ऊर्जा
पर्यावरण

वातावरण जोगाउने अग्रदूतलाई विराटनगरको सम्मान, हरित सहर अभियानमा नयाँ ऊर्जा

by टाकुरा न्यूज । इटहरी
जेष्ठ २२, २०८३
0

विराटनगर : विश्व वातावरण दिवसको अवसरमा विराटनगर महानगरपालिकाले वातावरण संरक्षण, हरियाली विस्तार तथा जलवायु परिवर्तन न्यूनीकरणमा उल्लेखनीय योगदान पु¥याउने दुई संस्थालाई...

श्रम र संस्कृतिको संगम : धरानको उद्यानले तान्दै पर्यटक
विविध

श्रम र संस्कृतिको संगम : धरानको उद्यानले तान्दै पर्यटक

by रासस
जेष्ठ २२, २०८३
0

सुनसरी : धरान उपमहानगरपालिका–१३ र २० को सिमानामा निर्माणाधीन ज्येष्ठ नागरिक उद्यान नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको छ...

इटहरीका साहित्यकारको दसैं योजना – बोझबाट मुक्तिदेखि जिम्मेवारीको भारीसम्म

लोकतन्त्रमा आलोचना र प्रतिपक्षी विचार अपरिहार्य हुन्छ : मनु मञ्जिल 

जेष्ठ २२, २०८३
रोग, किरा र निर्यात अवरोधको मारमा नेपाली चिया उद्योग

रोग, किरा र निर्यात अवरोधको मारमा नेपाली चिया उद्योग

जेष्ठ २१, २०८३

हिंसामा परेकालाई आश्रय र मनोपरामर्श दिन मेचीनगरमा ‘सेफ स्पेस’ स्थापना

जेष्ठ २१, २०८३
कोसी प्रदेशमा १० रुपैयाँले घट्यो दूधको मूल्य

गाईपालनले फेरियो गाउँको जीवन, दूध, घिउ र छुर्पीसम्म उत्पादन

जेष्ठ २१, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

वातावरण जोगाउने अग्रदूतलाई विराटनगरको सम्मान, हरित सहर अभियानमा नयाँ ऊर्जा

वातावरण जोगाउने अग्रदूतलाई विराटनगरको सम्मान, हरित सहर अभियानमा नयाँ ऊर्जा

जेष्ठ २२, २०८३
श्रम र संस्कृतिको संगम : धरानको उद्यानले तान्दै पर्यटक

श्रम र संस्कृतिको संगम : धरानको उद्यानले तान्दै पर्यटक

जेष्ठ २२, २०८३
इटहरीका साहित्यकारको दसैं योजना – बोझबाट मुक्तिदेखि जिम्मेवारीको भारीसम्म

लोकतन्त्रमा आलोचना र प्रतिपक्षी विचार अपरिहार्य हुन्छ : मनु मञ्जिल 

जेष्ठ २२, २०८३
रोग, किरा र निर्यात अवरोधको मारमा नेपाली चिया उद्योग

रोग, किरा र निर्यात अवरोधको मारमा नेपाली चिया उद्योग

जेष्ठ २१, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1501 shares
    Share 600 Tweet 375
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1426 shares
    Share 570 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    902 shares
    Share 361 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    611 shares
    Share 244 Tweet 153
  • इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

    516 shares
    Share 206 Tweet 129

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.