Thursday, July 16, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इटहरी : २१ करोड लागतमा आधुनिक सभा हल निर्माण सुरु

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज १, २०८१
in समाचार
0
इटहरी : २१ करोड लागतमा आधुनिक सभा हल निर्माण सुरु
98
SHARES
Share on FacebookShare on Twitter

इटहरी : निर्वाचनताका सबै दलहरूले घोषणापत्रमा लेखेको सभागृह बनाउने कुरा यो बर्ष पूरा हुने भएको छ । इटहरीमा व्यवस्थित सभा हल नहुँदा ठूला कार्यक्रमहरू गर्न समस्या हुँदै आएको थियो ।

सभा हल नहुँदा इटहरी उपमहानगरपालिकाको नगर सभा पनि भाडाको हलमा गर्नुपर्ने बाध्यता छ । व्यवस्थित सभा हलको शिलान्यास गर्दै मेयर हेमकर्ण पौडेलले इटहरीबासीको सपना पूरा हुन लागेको बताए ।

नाटक प्रदर्शनको हब बनेको इटहरीमा व्यवस्थित थिएटर छैन । इटहरी उपमहानगरले सबै क्षेत्रका मागलाई सम्बोधन गर्ने गरी ड्रिम प्रोजेक्टको रूपमा व्यवस्थित आधुनिक सभा हल निर्माणको काम सुरु भएको हो ।

नगरस्तरीय योजना अन्तर्गत निर्माण हुन लागेको उपमहानगरपालिकाले जनाएको छ । इटहरीका लागि निकै चासोपूर्वक हेरिएका ठूला र ड्रिम प्रोजेक्टको रूपमा अगाडि सारिएको नगर प्रमुख पौडेलले बताए ।

उपमहानगरको ड्रिम प्रोजेक्टको रूपमा रहेका आकासे पुल पनि चाँडै शिलान्यास गरिने पौडेलले बताए । यी योजनाहरूलाई तोकिएकै समयमा सम्पन्न गर्ने उनको दाबी छ ।

बहु प्रयोजनसहितको आधुनिक सभा हल निर्माण सुरु भएको छ । उपमहानगरपालिकाले भगवती जे एन्ड जे.भी कम्पनी दमकसँग ठेक्का सम्झौता गरी काम सुरु गरेको हो । ५ नं. वडास्थित काव्यवाटिकाको जग्गामा सभा हल निर्माण हुनेछ । एकपटकमा पाँच सय मानिस अट्ने क्षमता भएको आधुनिक सभा हल निर्माण हुनेछ ।

काव्यवाटिकाको जग्गामा १७ हजार ८०३ स्क्वायर फिट क्षेत्रफलमा तीन तलाको आधुनिक शैलीको सभा हल निर्माण हुने इञ्जिनियर जीवन घिमिरेले जानकारी दिए ।

तीन तलाको भवनमा ‘तीन स्टेप स्लोप डिजाइन’को सभा हल निर्माण हुनेछ । ‘तीन स्टेप स्लोप भन्नाले सिनेमा हल जस्तै डिजाइनको हल हो,’ उनले भने ।

यो सभा हललाई थिएटरको रूपमा प्रयोग गर्न सकिने इन्जिनियर घिमिरेले बताए । निर्माण गर्दा नै साउन्ड एब्जर गर्ने सिस्टम जडान गरिएको हुनेछ । नाटक प्रदर्शन गर्दा आवश्यक पर्ने लाइट, साउन्ड अनुकूल बनाउने सकिने गरी निर्माण गरिने घिमिरेले बताए ।

योसँगै अन्य साना किसिमका दुई वटा सेमिनार हल पनि निर्माण हुनेछ । सभा हलसँगै व्यवस्थित पार्किङ, फूल बगैँचाले सभागृह क्षेत्रलाई आकर्षक बनाउने इञ्जिनियर घिमिरेको भनाइ छ ।

निर्माण सम्पन्न भएपछि कोशी प्रदेशमा गरिने ठूला सभा सम्मेलनहरू इटहरीमा गर्न सकिने उपमहानगरको दाबी छ । ठूला कार्यक्रमहरू आयोजना गर्न आउने मानिसहरूको चहलपहलले आर्थिक गतिविधि पनि बढ्ने उपमहानगरको अपेक्षा छ ।

सभा हल निर्माणका लागि इस्टिमेट गरी उपमहानगरले ३४ करोड ५४ लाख ८६ हजार ७९२ रुपैयाँको ठेक्का आह्वान गरेको थियो ।

आवेदन परेकामध्ये आगामी २०८३ असार २० गते सम्म निर्माण सम्पन्न गर्ने गरी २० करोड ९५ लाख ९५ हजार ९०८ रुपैयाँमा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको उपमहानगरले जनाएको छ ।

आकासे पुल र व्यवस्थित सभा हल इटहरीका लागि ठूलो आवश्यकताका योजना हुन् । यी योजनाहरूलाई इटहरीबासीले लामो समयदेखि माग गरिरहेका छन् ।

सहरको आवश्यकता देखिएका योजनाहरू निर्माण सुरु गरी तोकिएको समयमै सम्पन्न भए इटहरीबासीमा आशा थप्न सकिने जानकारहरू बताउँछन् ।

Tags: #इटहरी#इटहरी उपमहानगरपालिकाशिलान्याससभा हल
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

विविध

धरानमा तीन सयभन्दा बढी साइक्लिष्टको ‘कोरा राइड’ हुँदै

by रासस
असार ३१, २०८३
0

सुनसरी : कोशी प्रदेशको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आगामी साउन २ गते यहाँ ‘कोरा राइड साइक्लिङ च्यालेन्ज’ आयोजना हुने भएको...

अख्तियार इटहरीमा एक वर्षमा तीन हजार २९४ उजुरी, सबैभन्दा धेरै वन–वातावरणमा
FEATURE BREAKING

चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित रंगेहात पक्राउ

by टाकुरा न्यूज । इटहरी
असार ३१, २०८३
0

इटहरी : इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्का ६ लाख रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीबाट...

फरार कैदी पुनः अपराधमा, झुम्का कारागारबाट भागेका अभिषेक चोरीको स्कुटरसहित पक्राउ

लागूऔषध सेवन गरेर सवारी चलाउने १० जना चालक विराटनगरमा पक्राउ

असार ३१, २०८३
इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या

खोटाङमा तीन दाजुभाइको विवादले लियो एकको ज्यान

असार ३१, २०८३
वन्यजन्तुको प्यास मेटाउन भोजपुरको वनमा पोखरी निर्माण

वन्यजन्तुको प्यास मेटाउन भोजपुरको वनमा पोखरी निर्माण

असार ३१, २०८३
खोटाङमा सुतेकै अवस्थामा कैदीको मृत्यु

खोटाङमा सुतेकै अवस्थामा कैदीको मृत्यु

असार ३१, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

धरानमा तीन सयभन्दा बढी साइक्लिष्टको ‘कोरा राइड’ हुँदै

असार ३१, २०८३
अख्तियार इटहरीमा एक वर्षमा तीन हजार २९४ उजुरी, सबैभन्दा धेरै वन–वातावरणमा

चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित रंगेहात पक्राउ

असार ३१, २०८३
फरार कैदी पुनः अपराधमा, झुम्का कारागारबाट भागेका अभिषेक चोरीको स्कुटरसहित पक्राउ

लागूऔषध सेवन गरेर सवारी चलाउने १० जना चालक विराटनगरमा पक्राउ

असार ३१, २०८३
इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या

खोटाङमा तीन दाजुभाइको विवादले लियो एकको ज्यान

असार ३१, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    765 shares
    Share 306 Tweet 191
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    597 shares
    Share 239 Tweet 149
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    461 shares
    Share 184 Tweet 115
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    405 shares
    Share 162 Tweet 101
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    385 shares
    Share 154 Tweet 96

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.