Wednesday, April 22, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

घुन्सामा हेलिकप्टर दुर्घटना भएको १८ वर्ष पूरा, भिन्तुना डाँडामा सरसफाइ अभियान

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज ७, २०८१
in विविध, समाचार
0
घुन्सामा हेलिकप्टर दुर्घटना भएको १८ वर्ष पूरा, भिन्तुना डाँडामा सरसफाइ अभियान
134
SHARES
Share on FacebookShare on Twitter

ताप्लेजुङ : आज ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित घुन्सामा हेलिकप्टर दुर्घटना भएको १८ वर्ष पूरा भएको छ । जहाँ मुलुकका विभिन्न क्षेत्रका २४ विशिष्ट व्यक्तित्वहरूको ज्यान गएको थियो । संरक्षणविद्, भूगोलविद्, योजनाविद्, सरकारी अधिकारी, र वन्यजन्तु विशेषज्ञहरू यस दुर्घटनामा परेका थिए ।

उनीहरूको योगदानको स्मरण गर्दै, असोज ७ लाई सरकारले राष्ट्रिय संरक्षण दिवसको रूपमा मनाउने निर्णय गरेको थियो । घुन्सा हेलिकप्टर दुर्घटना वातावरणीय संरक्षणको मुद्दामा एक महत्वपूर्ण मोड बनेको छ ।

वि.सं. २०६३ असोज ७ गते विश्व वन्यजन्तु कोष नेपालद्वारा आयोजना गरिएको कञ्चनजङ्घा संरक्षण क्षेत्र आयोजना स्थानीय समुदायलाई हस्तान्तरण गर्ने समारोहमा सहभागी हुन विशिष्ट व्यक्तित्वहरूको टोली घुन्सा पुगेका थिए । यो परियोजना हिमालय क्षेत्रको जैविक विविधताको संरक्षणमा एक महत्वपूर्ण कदम थियो । कञ्चनजङ्घा देशकै एक प्रमुख संरक्षण क्षेत्र हो । जहाँ दुर्लभ वनस्पति, जनावर, र जैविक सम्पदाको संरक्षण हुँदै आएको छ ।

परियोजना हस्तान्तरण कार्यक्रमपछि सहभागीहरू काठमाडौँ फर्किन हेलिकप्टर चढेका थिए । तर दुर्भाग्यवशः फर्कने क्रममा घुन्सास्थित फले पहाडमा हेलिकप्टर दुर्घटनामा परेको थियो ।

दुर्घटनामा तत्कालीन वन राज्यमन्त्री गोपाल राई, भूगोलविद् डा. हर्क गुरुङ, संरक्षणविद् डा. चन्द्र गुरुङ, वन्यजन्तु संरक्षण विज्ञ डा. तीर्थमान मास्के, वनमन्त्रालयका सचिव डा. दामोदरप्रसाद पराजुली, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक नारायण पौडेल, र अन्य विशिष्ट व्यक्तित्वहरूले ज्यान गुमाएका थिए ।

दुर्घटनाबारे छानबिन गर्न तत्कालीन सरकारले जनकेशरीराज पण्डितको नेतृत्वमा एक कार्यदल गठन गरेको थियो । प्रारम्भिक अनुसन्धान अनुसार दुर्घटनाको प्रमुख कारण मौसम प्रतिकूलता देखाइएको थियो । घुन्सा क्षेत्र हिमालयको उचाइमा पर्छ ।

जहाँ मौसम आकस्मिक रूपमा परिवर्तन हुन सक्छ । अनुसन्धानले प्रतिकूल मौसमले हेलिकप्टरको उडानमा अवरोध पुर्‍याएको र त्यसैले दुर्घटना निम्त्याएको निष्कर्ष निकालेको थियो ।

छानबिन समितिले मौसमजन्य कारणलाई प्राथमिक कारण भने पनि यस घटनाले नेपालमा हवाई सुरक्षासम्बन्धी प्रश्न उठेका थिए । भौगोलिक बनावट र मौसमका कारण उच्च पहाडी क्षेत्रहरूमा हवाई सुरक्षाको चुनौतीबारे बहस भएका थिए ।

यस घटनाले नेपालमा उड्डयन सुरक्षाका मापदण्डहरू सुधार गर्न र उच्च हिमाली क्षेत्रहरूको उडानमा विशेष ध्यान दिनुपर्ने कुरालाई अगाडि ल्याएको थियो । घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउने व्यक्तिहरू नेपालको संरक्षण अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्तित्वहरू थिए । तीमध्ये प्रमुख व्यक्तित्वहरूमा डा. हर्क गुरुङ, डा. चन्द्र गुरुङ, र गोपाल राई थिए ।

डा. हर्क गुरुङ भूगोलविद् मात्र नभएर नेपालको दिगो विकास, सामाजिक न्याय, र संरक्षण क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने व्यक्तित्व थिए । उनले नेपालको भौगोलिक र सामाजिक संरचनाको गहिरो अध्ययन गरेका थिए । उनले हिमालय क्षेत्रको जैविक विविधताको संरक्षणमा धेरै काम गरेका थिए । डा. चन्द्र गुरुङले अन्नपूर्ण संरक्षण क्षेत्र परियोजनाको नेतृत्व गर्दै संरक्षणको नयाँ मोडेल प्रस्तुत गरेका थिए ।

यो परियोजनाले स्थानीय समुदायसँग मिलेर काम गर्ने र उनीहरूलाई संरक्षणको जिम्मेवारी दिने अवधारणालाई अघि ल्यायो, जसले संरक्षण र दिगो विकासलाई सँगसँगै अगाडि बढाउने प्रयास गरेको थियो ।

गोपाल राई, जो तत्कालीन वन राज्यमन्त्री थिए  । उनले नेपालको वन संरक्षण, जैविक विविधताको समृद्धि, र वातावरणीय व्यवस्थापनमा सरकारको भूमिका सुदृढ बनाउन महत्वपूर्ण काम गरेका थिए । उनी वन्यजन्तु संरक्षण र राष्ट्रिय निकुञ्जहरूको व्यवस्थापनमा नीति निर्माणमा संलग्न थिए ।

घुन्सा हेलिकप्टर दुर्घटनामा परेका महान् व्यक्तित्वहरूको योगदानको सम्मानमा सरकारले असोज ७ गतेलाई राष्ट्रिय संरक्षण दिवसको रूपमा मनाउने निर्णय गरेको हो । यस दिवसले देशभर जनचेतना फैलाउने काम गर्दछ । नेपालको जैविक विविधता, वन्यजन्तु, र वातावरणीय संरक्षणको मुद्दालाई प्राथमिकता दिने उद्देश्यका साथ विभिन्न कार्यक्रम आयोजना गरिन्छ ।

यहाँ घुन्सा दुर्घटनामा निधन भएका व्यक्तित्वहरूको स्मृतिमा विशेष कार्यक्रम गरिँदै आएको छ । भिन्तुना डाँडास्थित स्मारकमा सरसफाइ अभियान र श्रद्धाञ्जली कार्यक्रम गरिएको छ । स्थानीय विद्यालय र समुदायहरूले वातावरणीय संरक्षणको महत्वबारे छलफल गर्दै जनचेतनामूलक कार्यक्रमहरू आयोजना गर्ने गरेका छन् ।

Tags: #ताप्लेजुङ#रासस
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

विराट किचनले पायो ‘क’ वर्गको खाद्य स्वच्छता
विविध

विराट किचनले पायो ‘क’ वर्गको खाद्य स्वच्छता

by टाकुरा न्यूज । इटहरी
बैशाख ८, २०८३
0

विराटनगर : मोरङको बूढीगंगा गाउँपालिका(२ स्थित विराट मेडिकल कलेज टिचिङ हस्पिटलको क्यान्टिनका रूपमा सञ्चालित विराट किचनले खाद्य स्वच्छता स्तरमा सर्वोच्च श्रेणी...

मोरङको सुन्दरहरैँचामा कारको ठक्करबाट एक पुरुषको मृत्यु
समाचार

जन्ती बोकेको बसले ठक्कर दिँदा २७ वर्षीय युवकको मृत्यु

by टाकुरा न्यूज । इटहरी
बैशाख ८, २०८३
0

उदयपुर : उदयपुको बेलका नगरपालिका–३ मा जन्ती बोकेको बसले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा...

नागरिकमैत्री बनाउन एकद्वार प्रणालीमार्फत सेवा प्रवाह सुरु

नागरिकमैत्री बनाउन एकद्वार प्रणालीमार्फत सेवा प्रवाह सुरु

बैशाख ८, २०८३
आगलागीमा परी दुई बालबालिकाको मृत्यु

उदयपुरमा आगलागी हुँदा दुईजनाको निधन 

बैशाख ८, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा भन्सार छलीका लत्ता कपडा बरामद

बैशाख ८, २०८३
विराटनगरमा फुटपाथ अतिक्रमणविरुद्ध कडाइ, पार्किङ र ठेला व्यवस्थापनका लागि अध्ययन समिति

विराटनगरमा फुटपाथ अतिक्रमणविरुद्ध कडाइ, पार्किङ र ठेला व्यवस्थापनका लागि अध्ययन समिति

बैशाख ८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

विराट किचनले पायो ‘क’ वर्गको खाद्य स्वच्छता

विराट किचनले पायो ‘क’ वर्गको खाद्य स्वच्छता

बैशाख ८, २०८३
मोरङको सुन्दरहरैँचामा कारको ठक्करबाट एक पुरुषको मृत्यु

जन्ती बोकेको बसले ठक्कर दिँदा २७ वर्षीय युवकको मृत्यु

बैशाख ८, २०८३
नागरिकमैत्री बनाउन एकद्वार प्रणालीमार्फत सेवा प्रवाह सुरु

नागरिकमैत्री बनाउन एकद्वार प्रणालीमार्फत सेवा प्रवाह सुरु

बैशाख ८, २०८३
आगलागीमा परी दुई बालबालिकाको मृत्यु

उदयपुरमा आगलागी हुँदा दुईजनाको निधन 

बैशाख ८, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1335 shares
    Share 534 Tweet 334
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    466 shares
    Share 186 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    385 shares
    Share 154 Tweet 96
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    375 shares
    Share 150 Tweet 94
  • तरहरामा दुई वटा मोटरसाइकल ठोक्किँदा भुजेलको मृत्यु, दुई घाइते

    370 shares
    Share 148 Tweet 93

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.