Saturday, July 18, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

कटान गरेको केशलिया खोलामा तटबन्धन निर्माण गरिने

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज १३, २०८१
in विविध, समाचार
0
कटान गरेको केशलिया खोलामा तटबन्धन निर्माण गरिने
70
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : तीन दिनको अविरल वर्षाका क्रममा केशलिया खोलाले कटान गरेको स्थानमा तटबन्ध बनाइने भएको छ ।

विराटनगर–१२ स्थित महानगर आवास परियोजनाको सम्पन्न बस्ती पश्चिमबाट केशलिया खोलाले कटान गरेर बस्तीमा प्रवेश गरेको थियो । बाढी बस्ती प्रवेश गर्दा सो क्षेत्रका अधिकांश क्षेत्र डुबानमा परेको थियो । कोशी प्रदेश खानेपानी, सिंचाई तथा ऊर्जा मन्त्रालयको सहयोगमा तटबन्ध निर्माण गरिने भएको हो ।

पूर्वमुख्यमन्त्री केदार कार्कीलाई साथमा लिएर कटानको निरीक्षण गर्न पुगेका थिए । कार्यबाहक मेयर विश्वनाथ भगतले तत्कालै तटबन्ध निर्माणको काम सुरु हुने बताए ।

सो क्षेत्रका प्रदेभसभा सदस्यसमेत रहनुभएका कोशी प्रदेशका पूर्वमुख्यमन्त्री कार्कीलले खानेपानी, सिंचाइ तथा ऊर्जा मन्त्रालयका सचिव प्रदीप वान्तवालाई फोन गरेर घटनास्थलको निरीक्षण गर्न बोलाएका थिए ।

मन्त्रालयका महाशाखा प्रमुख र कृष्णप्रसाद राजवंशी, जल तथा सिंचाइ विकास डिभिजन मोरङका इन्जिजियर अनिलकुमार महतोलाई सँगै लिएर कटानस्थल पुग्नुभएका सचिव वान्तवाले लागत इस्टिमेट निकालेर तटबन्ध निर्माण गर्ने प्रतिबद्धता जनाए ।

तत्कालका लागि कटान भएको करिब एक सय मिटरमा तारजाली लगाएर तटबन्ध निर्माण गर्नु आवश्यक देखिएको सचिव वान्तवाले बताए ।

पूर्वमुख्यमन्त्री कार्कीले केशलियाको बाढीबाट बस्ती जोगाउन केशलिया करिडोर निर्माण आवश्यक रहेको औंल्याए । उनले सम्पन्न बस्ती छेउबाट केशलियाको बाढी पस्दा सम्पन्न बस्तीमात्रै नभएर प्रदेश प्रहरी कार्यालय, तालिम केन्द्र र आसपासको क्षेत्र डुबानमा परेको जानकारी दिए ।

‘केशलिया करिडोर निर्माण गरिए यस्तो समस्या कहिल्यै आउँदैन,’ कार्कीले थपे, ‘केशलियाको बाढी समस्याको स्थायी समाधानका लागि एक मात्रै विकल्प करिडोर निर्माण नै हो ।’

निरीक्षणका क्रममा वडा नम्बर ६ का अध्यक्ष अक्षय सहनी, महानगर प्रहरीका निरीक्षक राजन पौडेल, मेयरका स्वकीय सचिव डिकप्रसाद घिमिरेलगायतको सहभागिता रहेको थियो ।

कार्यबाहक मेयर भगतले मौसममा सुधार आएसँगै सो क्षेत्रमा बाढीको जोखिम पनि कम भएको बताए । स्थानीय विद्यालयमा आश्रित बाढीपीडितलाई महानगरका तर्फबाट पुनःस्थापना नहुञ्जेलसम्मका लागि खानालगायतका अन्य आधारभूत आवश्यकता परिपूर्ति गरिरहेको उनले बताए ।

दक्षिण कोरिया भ्रमणमा रहनुभएका मेयर नागेश कोइरालाले बाढीपीडितका बारेमा गम्भीर चिन्ता र चासो लिइरहेको उनको भनाइ छ ।

Tags: #विराटनगरतटबन्धनविराटनगर महानगरपालिका
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन
विविध

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

by टाकुरा न्यूज । इटहरी
साउन १, २०८३
0

इटहरी : गत भदौमा जेनजी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त बनेको इटहरीस्थित प्रहरी भवन पुनर्निर्माण भएपछि स्थानीय स्तरमा प्रहरी सेवा पुनःस्थापित...

एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान
पर्यावरण

एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

by रासस
साउन १, २०८३
0

चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वन क्षेत्रमा २२ वटा गैँडा मरेका छन् । गत आर्थिक वर्षको असार मसान्तसम्ममा निकुञ्ज क्षेत्रमा...

पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

इटहरीमा राजस्व सेवा सात दिन पूर्ण बन्द

साउन १, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

साउन १, २०८३
कोशी ब्यारेज पुल

कोशी ब्यारेज पुल

साउन १, २०८३
मोरङमा खसी खेदाउने क्रममा सडक पार गर्दा टिपरको ठक्करले वृद्धाको मृत्यु

मोरङमा खसी खेदाउने क्रममा सडक पार गर्दा टिपरको ठक्करले वृद्धाको मृत्यु

साउन १, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

साउन १, २०८३
एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

साउन १, २०८३
पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

इटहरीमा राजस्व सेवा सात दिन पूर्ण बन्द

साउन १, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

साउन १, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    988 shares
    Share 395 Tweet 247
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    766 shares
    Share 306 Tweet 192
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    598 shares
    Share 239 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    463 shares
    Share 185 Tweet 116
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    407 shares
    Share 163 Tweet 102

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.