इटहरीकी लोकप्रिय लोकगायिका गंगा गौतमले आफ्नो तीज गीत ‘हाम्रो माया घर’ सार्वजनिक गरेकी छिन् ।
उनले आँफैले लेखेको गीतको भिडियो तुलसी घिमिरेको अफिसियल युट्युबमार्फत सार्वजनिक गरिएको हो ।
गायिका गौतम र तारा भट्टराईको शब्दमा रहेको गीत गौतम र रमेश आचार्यको स्वरमा रहेको छ । उक्त गीतको भिडियो इटहरी २ को माया घरमा छायांकन गरिएको छ । इटहरीको माया घरमा असाहय मानिसहरु बसोबास गर्दै आएका छन् ।

गीतको संगीत कुन्दन राईले गरेका छन् । तुलसी घिमिरेको निर्देशनमा उक्त भिडियोको छायांकन गरिएको थियो । भिडियो सम्पादन श्रीकुमार साम्पाङले गरेका छन् ।
गायिका गौतमले यसअघि पनि इटहरीमा बसेर थुप्रै लोकगीतमा स्वर दिईसकेकी छिन् । उनको स्वरमा सिर्जित गीत धेरैले रुचाउँने गरेका छन् ।
भिडियो














Discussion about this post