इटहरीमा आज थप एकजनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
ईलाका प्रहरी कार्यालय इटहरीका एकजना प्रहरीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो ।
इटहरी अस्पतालका इमर्जेन्सी शाखाका इन्चार्ज रामकुमार धमलाका अनुसार २० गते गरिएको पीसीआर परीक्षणको क्रममा रिपोर्ट आउँन बाँकी रहेको ५ जना मध्येको एकजना पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।
अरु डिटेल मसँग छैन, कति बर्ष र कुन वडा भन्नेबारे खुल्न नै बाँकी छ, धमलाले टाकुरासँग भने ।
















Discussion about this post