Saturday, July 18, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

अवरुद्ध मेची राजमार्ग पाँच दिनपछि सञ्चालनमा

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज २२, २०८१
in विविध, समाचार
0
69
SHARES
Share on FacebookShare on Twitter

इलाम : पहिरोका कारण अवरुद्ध मेची राजमार्ग पाँच दिनपछि सञ्चालनमा आएको छ । मेची राजमार्गको इलाम नगरपालिका–९ स्थित माईखोला छेउमा चुँडिएको सडक पुनःनिर्माणपछि आज मङ्गलबार बेलुका ६ बजेदेखि सञ्चालनमा आएको हो ।

अवरुद्ध राजमार्गको अवरोध हटाएपछि मङ्गलबारदेखि चार पाङ्ग्रे साना र दुई पाङ्ग्रे सवारी साधन सञ्चालनमा ल्याएको जिल्ला प्रहरी प्रमुख (एसपी) प्रभुप्रसाद ढकालले बताए ।

चार पाङ्ग्रे ठुला सवारी साधन र मालवाहक साधन भने बुधबार दिउँसो सडकको अवस्था विचार गरेर मात्र सञ्चालनमा ल्याउने उनले बताए ।

“सडक पुनःनिर्माणपछि अहिले साँझ ६ बजेदेखि साना सवारी साधन सञ्चालन गर्न दिएका छौँ, ठुला सवारी साधनको हकमा भने भोलि दिउँसो सडकको अवस्था बुझेर मात्र सञ्चालन गर्न दिइनेछ,” प्रमुख ढकालले भने, “राजमार्ग सञ्चालनमा आएसँगै बिच बाटोमा रोकिएका दर्जनौँ सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।”

उनले राजमार्ग अन्तर्गतको इलाम–राजदुवाली खण्डमा भएको सडक अवरुद्ध सबै सफा पारिसकिएको र सवारी आवातजावत सहज भइरहेको बताए ।

चार दिनसम्म लागेर सडक डिभिजन कार्यालय इलामले बाटो खुलाएको हो । पहिरोले चुँडाएको सडकमा ग्याबिङ जालीसहितको वाल लगाएर एवं माथिबाट खसेको पहिरो पन्छाएर बाटो खुलाएको हो ।

पहिरोले सडक चुँडिएपछि गत शुक्रबार दिउँसो ४ बजेदेखि मेची राजमार्ग अवरुद्ध भएको थियो । राजमार्ग अवरुद्ध भएपछि झापा, मोरङ र सुनसरीदेखि इलाम, पाँचथर, ताप्लेजुङ आउजाउ गर्ने सयौँ सवारी साधन माईखोला वारी र पारीबीच बाटोमै रोकिएका थिए ।

माईखोला पारीका सवारी साधनले माईखोलासम्म यात्रु ल्याउने र वारीका सवारी साधनले वारीसम्म यात्रु लैजाने गर्दै आएका थिए । सडक सञ्चालन भएसँगै अहिले सबै गन्तव्यतर्फ लागेका छन् ।

Tags: #राससइलाम
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु
समाचार

झापामा कारको ठक्करबाट मोरङका दुई मजदुरको मृत्यु

by टाकुरा न्यूज । इटहरी
साउन २, २०८३
0

झापा : हुलाकी राजमार्गमा भएको सवारी दुर्घटनाले मोरङको एउटै गाउँका दुई परिवार शोकमा डुबेका छन्। झापाको गौरीगन्ज–२ कृष्ण खोला नजिक...

इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’
FEATURE BREAKING

इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

by टाकुरा न्यूज । इटहरी
साउन २, २०८३
0

इटहरी : काठमाडौंस्थित इस्लिङ्टन कलेजको नाट्यगृहमा सफलतापूर्वक मञ्चन भई दर्शकबाट उत्कृष्ट प्रतिक्रिया बटुलेको नाटक ‘पापशाला’ अब इटहरीमा मञ्चन हुने भएको...

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

साउन १, २०८३
एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

साउन १, २०८३
पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

इटहरीमा राजस्व सेवा सात दिन पूर्ण बन्द

साउन १, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

साउन १, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा कारको ठक्करबाट मोरङका दुई मजदुरको मृत्यु

साउन २, २०८३
इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

साउन २, २०८३
नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

साउन १, २०८३
एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

साउन १, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1009 shares
    Share 404 Tweet 252
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    766 shares
    Share 306 Tweet 192
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    598 shares
    Share 239 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    463 shares
    Share 185 Tweet 116
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    407 shares
    Share 163 Tweet 102

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.